२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

मोरङका कुन पालिकालाइ कति पर्यो केन्द्रिय बजेट, थाहा छ ?

Author Uttari Morang
बिहिबार, जेठ १९, २०७९
मोरङका कुन पालिकालाइ कति पर्यो केन्द्रिय बजेट, थाहा छ ?

आर्थिक वर्ष ०७९/०८० का लागि मोरङका १७ स्थानीय तहलाई जम्मा ८ अर्ब २७ करोड ६१ लाख बजेट विनियोजन भएको छ ।

संघीय सरकारले पेश गरेको बजेटमा जिल्लाभर सो बजेट परेको हो ।
मोरङका कुन पालिकामा कति बजेट ?
विराटनगर महानगरपालिकाले १ अर्ब २१ करोड ८५ लाख बजेट पाएको छ । चालू आर्थिक वर्षमा भन्दा महानगरले पाएको यो बजेट २ करोड बढी हो ।चालू आर्थिक वर्षमा विराटनगरले १ अर्ब १९ करोड ५३ लाख रुपैयाँ बजेट पाएको थियो ।
मोरङका ८ वटा नगरपालिकामध्ये सुन्दरहरैंचा नगरपालिकाले ६८ करोड २७ लाख अनुदान पाउने भएको छ । यस्तै उर्लाबारी नगरपालिकालाई ६१ करोड १७ लाख, पथरीशनिश्चरे नगरपालिकालाई ४६ करोड ३० लाख, बेलबारी नगरपालिकालाई ५२ करोड ३९ लाख, रंगेली नगरपालिकाका लागि ४७ करोड ३२ लाख, रतुवामाई नगरपालिकाका लागि ५१ करोड ६९ लाख र सुनवर्षी नगरपालिकाका लागि ३९ करोड ६६ लाख बजेट परेको छ ।
लेटाङ नगरपालिकालाई ३६ करोड ३९ लाख बजेट परेको छ ।

यस्तै ८ वटा गाउँपालिकामध्ये बुढीगंगा गाउँपालिकाले ४३ करोड ६२ लाख रुपैयाँ बजेट पाएको छ ।

कानेपोखरी गाउँपालिकाले ३९ करोड ७७ लाख, केराबारी गाउँपालिकाले ३५ करोड ६२ लाख, ग्रामथान गाउँपालिकाले ३६ करोड ८५ लाख, जहदा गाउँपालिकाले ३८ करोड २२ लाख, धनपालथान गाउँपालिकाले, ३७ करोड १६ लाख र मिक्लाजुङ गाउँपालिकाले ३८ करोड २ लाख र कटहरी गाउँपालिकाले ३३ करोड ३१ लाख बजेट पाएका छन् ।