२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

भ्रामक समाचार लेखेर चरित्रहत्या गर्नेलाई कारबाही गर्न बेलबारीकी उपमेयरको माग

Author Uttari Morang
बुधबार, आषाढ ०१, २०७९
भ्रामक समाचार लेखेर चरित्रहत्या गर्नेलाई कारबाही गर्न बेलबारीकी उपमेयरको माग

बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा ले आफनो चरित्रहत्या गरेको भन्दै झुठो प्रचार गर्नेहरूलाई कारबाही गर्न माग गरेकी छिन् ।
भ्रामक समाचार लेखेर आफनो चरित्रहत्या गरेको भन्दै उनले सामाजिक सञ्जाल मार्फत त्यस्ता कार्यमा संलग्नलाई कारबाही गर्न नेपाल पत्रकार महासंघ, पेशागत संघ संगठन र प्रेस काउन्सिल नेपाल समक्ष माग गरेकी हुन् । उपप्रमुख कोईरालाले सामाजिक सञ्जालमा समाचारको खण्डन गर्दै त्यस्तो माग गरेकी हुन् ।

बिज्ञप्तिमा भनिएको छ ‘ नेपाल प्रेस काउन्सिल लगायत कुनै आधिकारिक निकायमा समेत दर्ता नभएको र ब्यत्तिगत स्वार्थका लागि बिभिन्न ब्यत्तिहरुको चरित्रहत्या र अपमान गर्दै आएको सुन्दरहरैचा नगरपालिका ठेगाना राखिएको एक कथित अनलाईनले मेरो नाम जोडेर मेरो चरित्रहत्या गर्ने उद्धेश्यका साथ भ्रामक समाचार बनाएर सामाजिक सञ्जालमा प्रकाशन गरिएकोमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।’
बेलबारी नगरपालिकाको कार्यपालिका बैठकमा बेलबारी नगरपालिकाले आबश्यक ईन्धन खरिद गर्ने बिषयमा छलफल शुरु नहुँदै आफ्नो नाम जोडेर ८० देखि ९० लाखको स्कारपियो माग गरेको, गाडी किन्न दबाब दिएको, मेयरले नमानेको, पार्टीले बिरोध गरेको लगायत बनावटी र भ्रामक कुराहरु राखी चरित्रहत्या गर्न खोजिएको बिषयलाई गम्भिरतापुर्बक लिएको उपमेयर थापाले उल्लेख गरेकी छिन् । समाचार लेख्ने र लेख्न प्रेरित गर्ने गलत मानसिकता र कुण्ठा बोकेर बसेका ब्यत्तिहरुले स-प्रमाण समाचारको पुष्टि नगरेमा कानुनी उपचार खोज्ने उनले बताएकी छिन् ।
उपमेयर थापाद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ‘हुँदै नभएको बिषयलाई अतिरञ्जित गरेर समाचार लेख्ने र बार्गेनिङ्ग गर्ने, पत्रकारको खोल ओढेका ति ब्यत्तिले सोही समाचारको पुष्टि गर्न म चुनौति समेत दिन्छु । यस्ता बिना आधारका गलत समाचार लेखेर चरित्रहत्या गर्ने ब्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन र कारबाही गर्न म नेपाल पत्रकार महासंघ,बिभिन्न पेशागत संघ संगठन र प्रेस काउन्सिल नेपाल समक्ष जोडदार माग गर्दछु।’

बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले उपमेयरको लागि गाडी किन्ने बिषयमा कार्यपालिकामा छलफल नभएको तर नगरपालिकाले आबश्यक प्रयोजनका लागि ईन्धन खरिद गर्ने बिषयमा छलफल भएको बताए । उनले नगरपालिकाले आबश्यकता अनुसार सवारी साधन किन्न सक्ने तर उपमेयरले माग गरेको, दबाब दिएको र आफनो लागि गाडी किन्न खोजेको कुरा गलत भएको उनले बताए ।