गाउँ/समाज
निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर उत्तरी मोरङमा बालिकामाथि बलात्कार
Uttari Morang
शुक्रबार, साउन २७, २०७९
निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर मोरङ बेलबारीका २१ वर्षीय सन्तोष नेपालीले पथरीशनिश्चरे की १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको छ ।
ललाई फकाई बेलबारीको सिंहदेवी सामुदायिक वनभित्रको खोल्सामा लगेर सन्तोषले बालिकालाई बलात्कार प्रहरीले जनाएको छ । सोमबार साँझ ५ बजेतिर बालिका बलात्कृत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
बलात्कारमा परेपछि वालिका आफैं प्रहरीकोमा पुगेकी थिइन् । बलात्कार गर्ने नेपालीलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले सोमबार राति घरैबाट पक्राउ गरेको छ ।
निजविरुद्ध जबरजस्ती करणी मुद्दाका लागि बुधबार अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।




