२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

झन्डै चार करोड लागतमा भेडेटारमा तानियो डेढ किलोमीटर तलको पानी

Author Uttari Morang
आइतबार, साउन २९, २०७९
झन्डै चार करोड लागतमा भेडेटारमा तानियो डेढ किलोमीटर तलको पानी

पिउने पानीको समस्या टार्न डेढ किलोमीटर तलको पानी ल्याइएको छ ।

नमस्ते झरनाको शिर सिरिसे खोला र सौरे खोलाको पानी पम्पीय प्रणाली (लिफ्ट) बाट भेडेटारमा ल्याइएको हो ।

प्रदेश सरकार तथा स्थानीयवासीको लागत सहभागितामा ३ करोड ६७ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना सम्पन्न भएको हो ।  पानी तानिएसँगै भेडेटारका १ सय ४७ घरधुरी र भेडेटारमा रहेका १ सय २० भन्दा धेरै होटलहरु लाभान्वित हुने गाउँपालिकाले जनाएको छ ।

लिफ्टबाट तानिएको पानी १ लाख लिटरका तीन वटा ट्याङ्कीमा जम्मा गरिनेछ । जम्मा गरिएको पानी ५० हजार लिटरका २ वटा र १२ हजार लिटरका ३ वटा ट्याङ्कीमार्फत् वितरण गरिने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाका प्रमुख राजकुमार मण्डलले बताए ।

खानेपानी आयोजनाको प्रदेश १ सरकारका खानेपानी तथा ऊर्जा मन्त्री रामकुमार राई उद्घाटन गरेका थिए ।

यसअघि भेडेटारका व्यवसायीले लिटरको दुई रुपैयाँका दरले ट्याङ्करको पानी किन्ने गरेका थिए । लिफ्टबाट खानेपानी ल्याउन योजना १० वर्ष अघि योजना बनाइए पनि हालै मात्र सो योजनाले साकार रुप लिएको साँघुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र  रुम्दालीले बताए  ।