२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

धनकुटामा असोज पहिलो सातादेखि हुनेभो दशै तिहार फुड फेस्टिवल तथा मेला

Author Uttari Morang
सोमबार, भाद्र ०६, २०७९
धनकुटामा असोज पहिलो सातादेखि हुनेभो दशै तिहार फुड फेस्टिवल तथा मेला

दशै तिहारको अवसरमा असोज पहिलो सातादेखि धनकुटामा दुई हप्ते दैश तिहार फुड फेस्टिवल तथा मेला आयोजना हुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको आयोजनामा धनकुटाको टुडिखेलमा असोज ७ गतेदेखि दुई हप्तासम्म फुड फेस्टिवल तथा मेला हुने भएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको सोमबार वसेको बैठकले दशै तिहारमा सस्तो मुल्यमा दैनिक उपभोग्य सामाग्री तथा लत्ता कपडाहरु उपभोक्तालाई विक्रि वितरण गर्न र विभिन्न परिकारका खानेकुराहरुको स्वाद चखाउनका लागि दशै तिहार फुड फेस्टिवल तथा मेला आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त फुट फेस्टिवल तथा मेला सम्पन्न गर्नका लागि महासंघका अधयक्ष राजेश्वर वहादुर श्रेष्ठको संयोजकमा ५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । त्यसैगरी निर्वतमान अध्यक्ष विजय सन्तोषी राईको संयोजकत्वमा सात सदस्यीय फुड फेस्टिवल तथा मेला व्यवस्थापन समिति, उपाध्यक्ष कुसुम रानाको संयोजकमा स्वागत तथा सत्कार समिति, उपाध्यक्ष मनकला लिम्बुको संयोजकमा अनुगमन समिति, महासचिव अम्विका धमला संयोजक र पुष्पा लिम्बु सहसंयोजक रहेको ५ सदस्यीय मञ्च तथा कार्यक्रम व्यवस्थापन समिति, सचिव रुपेश श्रेष्ठ संयोजक, हिरा राई सहसंयोजक र सदस्य भोगेन्द्र राई रहेको स्वयम सेवक परिचालन समिति, कोषाध्यक्ष हरी वहादुर लम्जेल संयोजक, सहसंयोजक र जुनु राई सह-संयोजक रहेको ७ सदस्यीय प्रचार प्रसार तथा आर्थिक समिति गठन गरिएको छ ।
५० वटा स्टल रहने उक्त दशै तिहार फुट फेस्टिवल तथा दशै तिहार मेलामा करीव पाँच करोड वरावरको आर्थिक कारोवार हुने आर्थिक समितिका तथा प्रचार प्रसार समितिका संयोजक हरी वहादुर लम्जेलले वताए ।
दुई हप्तासम्म संचालन हुने फुड फेस्टिवल तथा दशै तिकार मेलामा लत्ता कपडा, दैनिक उपभोग्य सामग्रीहरुको स्टल राखिनुका साथै राई, लिम्बु, नेवार, मगर, तामाङ, आठपहरिया, ब्राह्मण, क्षेत्री, शेर्पा, भूजेल लगायत विभिन्न जात जातिहरुको जातिय परिकार र नेपाली खानाको विभिन्न परिकारहरुको स्टल रहने र बाल बालिकाहरुको लागी बाल उद्यान लगायत विभिन्न स्टलहरु राखिनुका साथै स्थानीय तथा राष्टिय स्तरका कलाकारहरुको बजोड प्रस्तुती समेत रहने मेला व्यवस्थापन समितिका संयोजक विजय सन्तोषी राईले जानकारी दिए ।