२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

इटहरीमा चोक आसपास बन्ने भए तिनवटा सार्वजनिक शौचालय  

Author Uttari Morang
मंगलबार, भाद्र २१, २०७९
इटहरीमा चोक आसपास बन्ने भए तिनवटा सार्वजनिक शौचालय  

इटहरीमा तीनवटा सार्वजनिक शौचालय निर्माण हुने भएका छन्  ।

३५ लाखको लागतमा उपभोक्ता समिति मार्फत शौचालय निर्माण गर्न लागिएको हो । शौचालय निर्माणका लागि व्यवसायी ईश्वरी पराजुलीको अध्यक्षतामा उपभोक्ता समिति गठन भइसकेको छ ।

इटहरी उपमहानगर पालिकाका मेयर हेमकर्ण पौडेलले इटहरी चोकको रेयुकाई चौतारीमा सार्वजनिक शौचालयको शिलान्यास गरेका छन् ।

निर्माण हुन लागेको शौचालय वालमैत्री र अपाङ्गमैत्री हुनेछ । शौचालय निर्माणपछि इटहरी बजार आउने आगन्तुक, यात्रु लगायत हजारौं मानिसहरु लाभान्वित हुनेछन् ।

त्यस्तै इटहरी चोकदेखि पश्चिमपट्टी विशाल बजार भित्र रहेको शौचालयलाई पनि सार्वजनिक शौचालय बनाइने भएको छ । इटहरी वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरेलले केही दिनमै सो शौचालय सार्वजनिक शौचालयको रूपमा खुला गरिने बताए ।

त्यसैगरी पूर्व लाइनको जुट विकास चोक आसपास पनि निकट भविष्यमै नयाँ शौचालय निर्माण गर्ने योजना रहेको इटहरी नगरपालिकाले जनाएको छ ।