२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
खबर

ऊर्जामन्त्री भन्छिन् – दुई वर्षभित्रै सबै घरमा पर्याप्त विद्युत् उपलब्ध हुन्छ

Author Uttari Morang
बिहिबार, भाद्र २३, २०७९
ऊर्जामन्त्री भन्छिन् – दुई वर्षभित्रै सबै घरमा पर्याप्त विद्युत् उपलब्ध हुन्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले दुई वर्षभित्रै सबै घरमा पर्याप्त विद्युत् उपलब्ध हुने बताएकी छिन । अहिले करिब ९५ प्रतिशत जनताका घरमा विद्युत् पुगेको भन्दै उनले अब दुई वर्षभित्रै सबै घरमा चाहिएजति विद्युत् उपलब्ध गराउने गरी सरकारले तिब्र रुपमा काम गरिरहेको बताएकि छिन ।

रुपन्देहीको मैनहियामासोमबार  बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन उद्घाटन गर्दै भुसालले सबैले विद्युतीय उपकरण प्रयोग गर्नुपर्ने भन्दै यातायात, सिँचाइ लगायतका क्षेत्रमा पनि अव विद्युतीय साधनको प्रयोग गर्न जरुरी रहेका बताइन ।सरकारले  प्रयोग गरेर बढी भएको बिजुली भारत र बङ्गलादेशमा बिक्री गरिने योजना बनाएको छ भने अहिले भारतमा बिजुली निर्यात समेत भैरहेको छ ।

उनले विद्युतीय सवारीका लागि सरकारले नै चार्जिङ स्टेशन बनाउने भन्दै बिजुली सवारी किन्न अनुरोध गरेकी छिन् । नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसन सम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइन निर्माण सम्पन्न गरेको छ । सरकारले सिँचाइका लागि प्रयोग हुने विद्युत् महशुलमा ७५ प्रतिशत कटौती गरेको भन्दै भुसालले  किसानलाई यसले राहत पुगेको बताइन ।

बिजुलीको प्रयोगले मात्रै पनि उत्पादनमा ठूलो योगदान पुग्ने उनको धारणा थियो । प्रसारण लाइनको निर्माणसँगै करिब दुई सय मेगावाट विद्युत् प्रवाह हुनसक्ने पूर्वाधार तयार भएको छ भने सबस्टेसनमा ४५ एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर र ३३-११ केभी, १६ एमभिए पावर ट्रान्सफर्मर छन् ।