२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

यस्ता रहेछन् सुन्दरहरैँचामा जनप्रतिनिधिले गरेका सय दिने उपलब्धि

Author Uttari Morang
शनिबार, भाद्र २५, २०७९
यस्ता रहेछन् सुन्दरहरैँचामा जनप्रतिनिधिले गरेका सय दिने उपलब्धि

 सुन्दरहरैँचा नगरपालिकाले जनप्रतिनिधिहरु निर्वाचित भएपछि सय दिनका उपलब्धि सार्वजनिक गरेको छ । नगरपालिकाका प्रबक्ता राेशन प्रसाद ढकालले शुक्रबार नगरपालिकामा १ सय दिनकाे काम सार्वजनिक गरेका हुन् ।
 नगरपालिकाले सार्वजनिक गरेका उपलब्धिहरु
१. पद बहालीकै दिन नगर प्रमुखको प्रस्तावमा घरनक्सा पास प्रक्रियासम्बन्धी सेवा प्रवाह वडा कार्यालयहरूबाट हुन थालेको छ । जसले गर्दा सेवाग्राहीले नगरपालिकासम्म लामो समयसम्म धाइरहनु पर्ने झन्झटिलो परिस्थितिको अन्त्य भएको ।
२. व्यवसाय दर्ता तथा नवीकरणको काम वडास्तरमै सम्पन्न हुने व्यवस्था लागू भएको । कागजात बोकेर नगरपालिकासम्म धाइरहनु पर्ने परिपाटीको अन्त्य भएको ।
३. घरबहाल करमा ८० प्रतिशत छुटको व्यवस्था गरी नागरिकलाई कर आतङ्कबाट मुक्त गराउने अभ्यास/प्रयासको थालनी भएको ।
४. मौलिक पहिचान झल्किने व्यवसाय दर्ता गर्दा कर छुटको व्यवस्था गरिएको । महिला, दलित,अपाङ्गता भएका व्यक्तिहरूले तिर्ने स्थायी प्रकृतिका करमा छुटको प्रबन्ध गरिएको ।
५. महिलाहरूलाई प्रसूतिका लागि अस्पतालसम्म जान निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको ।
६. नीति तथा कार्यक्रम र योजना निर्माणमा नागरिकको सहभागिता र सरोकारवालाहरूसँग सर्वपक्षीय छलफल गर्ने परिपाटीको विकास भएको ।
७. नागरिकहरूसँग छलफल गरी समूहमा निर्णय गर्ने परिपाटी तथा सेवा प्रवाहमा पारदर्शिताको अभिवृद्धि भएको  । गोप्य कोठामा निर्णय गर्ने परिपाटी पूर्ण रूपले अन्य गर्दै मेयरको गोप्य प्रयोग समेत बन्द भएको ।
८. शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको प्रदेश नं. १ को शाखा सुन्दरहरैँचा नगरपालिकामा विस्तार गर्ने सम्बन्धमा समन्वय र पहल भएको ।
९. नागरिकका कामहरूमा सहजता कायम गर्न सबै वडा कार्यालयहरूमा फोटोकपी सेवा तथा विभिन्न निवेदनका ढाँचाहरू निः शुल्क रूपमा वितरण शुरु गरिएको ।
१०. १० लाख रुपैयाँसम्मका योजनाहरूको सम्झौता सम्बन्धित वडा कार्यालयहरूबाटै हुने कार्यको सुरुवात गरिएको ।
११. नगरमा बढ्दो जनसङ्ख्या र नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै  एम्बुलेन्स पूर्वाञ्चाल विश्वविद्यालय शिक्षण अस्पताल र वडा नं. ३ स्थित स्वास्थ्य चौकी दुलारीलाई एक एकवटा एम्बुलेन्स हस्तान्तरण गरिएको ।
१२. जनशक्ति व्यवस्थापन सहित प्राथमिक स्वास्थ्य केन्द्र हरैँचालाई नगर अस्पतालको रूपमा सञ्चालन गर्ने लागि व्यवस्था गरिएको ।
१३. खोला कटान तथा नियन्त्रण गर्ने ध्येयका साथ (आई.ई.ई.) गरिसकिएको । आसपासका पालिकाहरू बेलबारी, कानेपोखरी र ग्रामथानसँग समेत सहकार्य गरी खोलामा स्काभेटर, जेसिबी र ट्रिपर प्रयोग नगर्ने र ट्र्याक्टर र बेल्चा प्रयोग गरी श्रमजन्य प्रक्रियाबाट मात्र खोलाजन्य पदार्थ निकाल्ने निर्णय कार्यान्वयनको चरणमा रहेको ।
१४. भू-उपयोग ऐन, २०७६ बमोजिम स्थानीय भू-उपयोग परिषद गठन गरी भू-उपयोग योजना तर्जुमा निर्माणको कार्य भइरहेको ।
१५. सुन्दरहरैँचा नगरपालिकामा रहेको राष्ट्रिय भूमि आयोगको स्थानीय सेवा केन्द्र मार्फत १२ वटै वडाबाट सङ्कलित भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको सम्पूर्ण विवरण कम्प्युटर प्रणालीमा इन्ट्री भएको । डि.जी.पि.एस्. प्रविधिद्वारा जग्गाको नापजाँच तथा नियन्त्रण विन्दुहरू राखी राष्ट्रिय प्रणालीमा जोड्ने कार्य भइरहेको । विगतका आयोगहरूले वितरण गरेका जग्गामा रहेका विविध समस्या समाधानका लागि वडा नं. ५ भित्रका ६ वटा जग्गाहरूको धनीपूर्जा वितरणको कार्य अन्तिम चरणमा रहेको ।
१६. नगर क्षेत्रभित्र न्याय सम्पादनलाई अझ प्रभावकारी र जनमुखी बनाई निष्पक्ष रूपमा न्याय प्रदान गर्ने ध्येयका साथ न्यायिक समिति मार्फत न्याय सम्पादनका कार्य भएको । जसमा अशक्त र अपाङ्ग परिवारभित्र भएको विवादलाई निरुपण गर्नका लागि न्यायिक समितिका पदाधिकारीहरू निजहरूकै घरमा गई छलफल गराई मेलमिलापको माध्यमद्वारा विवाद समाधानका कार्यहरूको थालनी भएको ।