२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

काउन्सीलको पुरस्कार वितरण कार्यक्रम बहिष्कार गर्न प्रेस सेन्टरको अपिल

Author Uttari Morang
बिहिबार, आश्विन ०६, २०७९
काउन्सीलको पुरस्कार वितरण कार्यक्रम बहिष्कार गर्न प्रेस सेन्टरको अपिल

प्रेस  सेन्टर नेपालले प्रेस काउन्सिल नेपालले आयोजना गरेको पुरस्कार वितरणको कार्यक्रम वहिष्कार गर्ने भएको छ । काउन्सिलले मापदण्ड मिचेर पुरस्कार वितरण लगायतका गतिविधि गरेकोमा आपत्ती प्रकट गर्दै प्रेस सेन्टर नेपालले उक्त कार्यक्रममा सहभागि नहुन पनि अपील गरेको छ ।

 संगठनका महासचिव सन्तोष पौडेलले एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यमहरुको अनुगमन, मूल्याङ्कन, पत्रकार आचारसंहिता जारी गरी मर्यादित र जिम्मेवार पत्रकारिताको विकास गर्ने मुख्य उद्देश्यलाई वेवास्ता गर्दै सक्षम, क्रियाशील र योग्य पत्रकारहरुलाई पुरस्कृत गर्नुको साटो राजनीतिक आग्रह र निकटताका आधारमा पुरस्कारको वितरण गरेर काउन्सिलले आफ्नो विश्वसनीयता गुमाएको उल्लेख गर्नुभएको छ ।
प्रेस विज्ञप्ति
पत्रकारहरुको हक हित र अधिकारको लागि संस्थागत रुपले काम गर्ने उद्देश्यका साथ स्थापना भएको प्रेस काउन्सिल नेपालको पछिल्ला गतिविधिप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।
पत्रकारिता क्षेत्रका विज्ञ, क्रियाशील पत्रकार तथा सञ्चार संस्थाहरुको योगदानको कदर एवं प्रोत्साहन गर्ने उद्देश्यले विगतदेखि प्रदान गर्दै आएका विभिन्न पुरस्कारहरुका सन्दर्भमा यस वर्ष काउन्सिलले गरेको निर्णय समावेशी सिद्धान्तलाई आत्मसात नगरी, स्थापित मापदण्डहरुलाई लत्याएर योग्य, सक्षम र क्रियाशील पत्रकारहरुभन्दा निकट सम्बन्धका व्यक्ति र संस्थाका नामहरु घोषणा गर्ने कार्य कुनै पनि अर्थमा जायज र वस्तुसंगत देखिदैन ।
सञ्चार माध्यमहरुको अनुगमन, मूल्याङ्कन, पत्रकार आचारसंहिता जारी गरी मर्यादित र जिम्मेवार पत्रकारिताको विकास गर्ने मुख्य उद्देश्यलाई वेवास्ता गर्दै सक्षम, क्रियाशील र योग्य पत्रकारहरुलाई पुरस्कृत गर्नुको साटो राजनीतिक आग्रह र निकटताका आधारमा पुरस्कारको वितरण गरेर काउन्सिलले आफ्नो विश्वसनीयता गुमाएको छ ।
प्रेस काउन्सिल नेपालको गरिमामय संस्थाको बदनाम हुने गरी गरिएका यस्ता गतिविधिप्रति हाम्रो संगठन समर्थन गर्न सक्दैन । तसर्थ संस्थाको वार्षिकोत्सवको सन्दर्भमा आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रमलाई प्रेस सेन्टर नेपाल बहिस्कार गर्दै सम्पूर्ण पत्रकार साथीहरुलाई उक्त कार्यक्रममा सहभागी नहुन हार्दिक अपिल गर्दछ ।