खदम हिल साकोसको चौथो साधारणसभा सम्पन्न, नयाँ संचालक समिति गठन
Uttari Morang
खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. केराबारी १० को चौथो बार्षिक साधारणसभाले मनोज खड्काको अध्यक्षतामा सर्वसम्मत रूपमा १३ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको छ ।
असोज १३ गते अर्थात बिहीबार इलामको कुटीडाँडास्थित हिलहुड रिसोर्टमा भएको साधारणसभाले सो समिति चयन गरेको हो । केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ मगरको प्रमुख आतिथ्यता रहेको साधारणसभामा केराबारी गाउँपालिकाका निवर्तमान अध्यक्ष रोहित बहादुर कार्की, केराबारी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष उपेन्द्र लुंगेली, केराबारी गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष कमल बहादुर बस्नेत, केराबारी गाउँपालिका वडा नम्बर १० का वडाध्यक्ष पूर्ण बहादुर मगर लगायतको आतिथ्यता थियो । साधारणसभामा गाउँपालिकाका अध्यक्षसहित तिनैजना वडाध्यक्षहरुलाइ सम्मानित पनि गरिएको थियो ।
साधारणसभाबाट निर्वाचित नयाँ समितिको उपाध्यक्षमा प्रकाश वस्नेत , सचिवमा अम्बिका भण्डारी, सह-सचिवमा ललिता गुप्ता र कोषाध्यक्षमा विमला तामाङ छन् । त्यसैगरी सदस्यहरुमा, सिता मगर, समिला गौतम, खगेन्द्र सुवेदी
प्रेम कु, अनिल बन्नेत र दुर्गा श्रेष्ठ चयन भएका छन् । साधारणसभाले २ सदस्य थप गर्ने जिम्मा संचालक समितिलाइ दिएको छ ।
साधारणसभाले तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि चयन गरेको छ । जसमा रोजन सापकोटा संयोजक तथा मुना घिमिरे र पुष्प बहादुर बस्नेत सदस्य छन् ।
साधारणसभामा संस्थामा ऋण र बचतका विभिन्न बिधामा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरुलाइ पनि पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरुमा उत्कृष्ट मासिक बचततर्फ देवीबहादुर थापा र मुना घिमिरे, दैनिक बचततर्फ भद्र बहादुर कटुवाल र गंगा घिमिरे, ऐच्छिक बचततर्फ गोपाल सिंह सापकोटा र नेत्र कुमारी मगर्नी र बाल वचततर्फ पराक्रम सापकोटा छन् । त्यसैगरी उत्कृष्ट मासिक किस्ता ऋणतर्फ कुलबहादुर खड्का र हर्कमाया मगर तथा दैनिक किस्ता बचततर्फ सुरज तामाङ र गीता कार्की पनि पुरस्कृत भएका छन् ।
साधारणसभामा संस्थाको संचालक समिति अध्यक्ष रोहित कुमार कटुवालले भावी कार्ययोजना सहित अध्यक्षको प्रतिवेदन, सचिव चण्डी थापाले आर्थिक बर्ष २०७८/०७९ को कार्य प्रगति प्रतिवेदन, कोषाध्यक्ष गीता काप्रीले आर्थिक प्रतिवेदन र लेखा संयोजक रोजन सापकोटाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारी ऐन २०७४ र केराबारी गाउँपालिका सहकारी ऐन बमोजिम खदम हिल साकोस २०७५ सालमा स्थापना भएको थियो । केराबारी गौपालिकामा नै पहिलोपटक दर्ता भएको सहकारीमा ३ सय ५२ जना पुरुष र ३ सय ३८ महिला हाल. ६ सय ९२ जना शेयर सदस्य छन् । जुन दैनिक बचतकर्ताहरु सहितको बिवरण हो ।
दुई करोड ३४ लाख ९३ हजार ८ सय रुपैयाँ चुक्ता शेयर पुँजी रहेको संस्थाले आर्थिक बर्ष २०७८/०७९ सम्ममा ४ करोड ६५ लाख ४८ हजार ६ सय ३७ रुपैयाँ ७१ पैसा कारोबार गरेको छ ।




