२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गीत/साहित्य

विवादका बिच बेलबारी प्रज्ञा प्रतिष्ठानको समिति बिस्तार, उपमेयरको असहमति

Author Uttari Morang
शनिबार, आश्विन १५, २०७९
विवादका बिच बेलबारी प्रज्ञा प्रतिष्ठानको समिति बिस्तार, उपमेयरको असहमति

प्रज्ञा प्रतिष्ठान ऐनको मर्म बिपरित दलीय भागबन्डाका आधारमा बेलबारी प्रज्ञा प्रतिष्ठानको समिति गठन गरेको भन्दै ब्यापक आलोचना भए पनि बेलबारी नगरपालिकाले त्यही समिति बिस्तार गरेको छ ।

कला, साहित्य, र गीत संगीतको क्षेत्रमा योगदान नै नगरेकाहरुलाइ पनि राखेर बेलबारी प्रज्ञा प्रतिष्ठान गरिएको भन्दै  बेलबारीका पुराना श्रष्टा, लेखक र साहित्यकारहरु बिरोधमा उत्रिएपनि नगरपालिकाले त्यसको बेवास्ता गर्दै समिति बिस्तार गरेको हो ।

  सनिबार बेलबारी नगरपालिकामा भएको भनिएको भेलाले रेखा सुवेदीको संयोजकत्वमामा गठित ११ सदस्यीय समितिलाइ बिस्तार गरी २१ सदस्यीय बनाएको हो ।

समितिको उपाध्यक्षमा धनजित पराजुली, गणेश तामाङ, हिमांशु राय, मनकुमार गुरुङ र अजित कुमार धिमाल चयन भएका छन । सचिवमा कुलप्रसाद बराल र कोषाध्यक्षमा शेखर थापा मगरलाइ चयन गरिएको छ ।

बिस्तारित समितिका सदस्यमा उमा शिजापती, निर्मला गौतम , उपेन्द्रकुमार राई , राजु परियार, बिकास बुढाथोकी , संजिव कटुवाल, प्रेम गुरुङ , कलावती खवास, मेखबहादुर कार्की , टेकबहादुर मगर, महेन्द्र गिरी, ऋतु मर्दन खड्का, लक्ष्मी रेग्मी सुवेदी चयन भएका छन । समितिको कार्यकाल ४ बर्षको रहने छ ।

भाषा, साहित्य, कला संस्कृतिका क्षेत्रका व्यक्तिहरुसँग छलफल तथा भेला नै नगरी पार्टीका केही व्यक्तिहरूको सहमतिका आधारमा दलीय भागबन्डाका आधारमा प्रतिष्ठानको तदर्थ समितिको गठन गरिएको भन्दै बेलबारी साहित्य विकास समितिकी अध्यक्ष तिला लेकाली, लेखक तथा साहित्यकार केशु बिरही, बेलबारी साहित्य विकास समितिकै उपाध्यक्ष स्थानीय स्रष्टा रमेश निरौला, बेलबारीकै वरिष्ठ कलाकार तथा साहित्यकार भिम लामा, सुन्दर भट्ट, बेलबारीका स्रष्टा एवम् मूर्तिकार श्याम गौतम लगायतका ब्यक्तिहरु बिरोधमा उत्रिएका छन् ।
समिति बिस्तारप्रति उपमेयरको असहमति
बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा (कोईराला) ले प्रज्ञा प्रतिष्ठानको गठन प्रक्रियाप्रति असहमति जनाएकी छिन ।

शनिबार हस्ताक्षरित असहमति पत्रमा उपमेतरले भनेकी छिन् ” बेलबारी प्रज्ञा प्रतिष्ठान गठन हुनु गौरवको बिषय हो तर बिधि र प्रक्रियालाई लत्याउँदै बनाईएको समिति प्रति सम्बन्धित क्षेत्रकै ब्यत्तित्वहरुबाट बिरोध भईरहँदा सम्बन्धित क्षेत्रका सबै महानुभावहरुलाई समेटेर प्रतिष्ठान गठन गर्न सुझाव दिन चहान्छु । साथै यहि अबस्थामा बन्ने समिति प्रति मेरो पुर्ण असहमति रहेको जानकारी गराउँछु ।