२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

प्रेस सेन्टर नेपालद्वारा निर्वाचन संयन्त्र निर्माण गर्ने निर्णयको बिरोध, निर्णय सच्याउन माग

Author Uttari Morang
सोमबार, आश्विन १७, २०७९
प्रेस सेन्टर नेपालद्वारा निर्वाचन संयन्त्र निर्माण गर्ने  निर्णयको बिरोध, निर्णय सच्याउन माग

प्रेस सेन्टर नेपालले संघीय र प्रादेशिक निर्वाचनको सन्दर्भमा आमसञ्चार माध्यममा सम्प्रेषण भएका सामग्रीका विषयमा निर्वाचन आयोग आफैले सेना प्रहरीसमेतको प्रत्यक्ष सहभागीतामा अनुगमन गर्ने भनी संयन्त्र निर्माण गरेको विषयप्रति  गम्भीर आपत्ति प्रकट गरेको छ ।

संगठनका महासचिव सन्तोष पौडेलले एक विज्ञप्ति जारी गर्दै आयोगको उक्त रबैयाले प्रेस स्वतन्त्रता र मौलिक हकमाथि नै प्रहार भएको भन्दै उक्त निर्णय सच्याउन चेतावनी दिएका हुन् ।

विज्ञप्तिमा पौडेलले यदि निर्वाचन आयोगले आफ्नो निर्णय नसच्चाएमा सम्पूर्ण प्रेस जगतलाई एकतावद्ध भएर त्यसको विरोध गर्न र निर्णयको अवज्ञा गर्न  अपिल  पनि गरेका छन्