२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

प्रदेश समितिका सचिवालय सदस्यसहित केराबारी २ का २० जनाले छाडे एमाले

Author Uttari Morang
शनिबार, आश्विन २२, २०७९
प्रदेश समितिका सचिवालय सदस्यसहित केराबारी २ का २० जनाले छाडे एमाले

टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै नेकपा एमाले प्रदेश १ समितिका सचिवालय सदस्य डिल्लीराम अधिकारीसहित केराबारी २ का १९ जनाले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

एमालेको स्थानीय समितिले मोरङ क्षेत्र नम्बर १ (ख) बाट अधिकारीलाई प्रदेशसभा सदस्यको उम्मेदवार सिफारिस गरे पनि एमालेले सो क्षेत्रबाट खड्ग बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरेपछि अधिकारीसहित सबैले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्

।

अधिकारीले पार्टीका केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण टिकट पूर्वाग्रही ढङ्गले वितरण गरिएको प्रति घोर आपत्ति र असहमति जाहेर गर्दै राजीनामा दिएका छन् । ‘पार्टीका केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण टिकट पूर्वाग्रही ढङ्गले वितरण गरिएको प्रति घोर आपत्ति र असहमति जाहेर गर्दछु,’ उनले दिएको राजीनामा पत्रमा उल्लेख छ, ‘तमाम स्थानीय पार्टी कमिटी, नेता कार्यकर्ताको सल्लाह, सुझाव र आग्रह विपरीत एकतर्फी रूपमा गरिएको टिकट वितरण स्वीकार गर्न नसक्ने स्पष्ट पार्न चाहन्छु ।’

उनले टिकट वितरण पक्षपातपूर्ण, प्रलोभन र गुटगत राजनीतिबाट अघि बढेको भन्दै आजकै मितिबाट पार्टीको प्रदेश समिति सचिवालय सदस्यबाट राजीनामा दिएको उल्लेख गरेका छन् । ‘सम्पूर्ण जीवन पार्टीको नीति, विधि र पद्धतिमा रही आएकोमा गुटगत र व्यक्तिवाद राजनीतिको कारण आफ्नो स्वाभिमानलाई बन्धक बनाई पार्टीमा रही जिम्मेवारी बहन गर्न नसक्ने ठहर गर्दै यति लामो पार्टी जीवन यात्रा गह्रुँगो छाती बनाई पार्टी जिम्मेवारीबाट अलग हुने र स्वतन्त्र जीवन जिउने निर्णय गर्दै राजीनामा पेस गर्दछु,’ अधिकारीले एमाले प्रदेश अध्यक्षलाई दिएको राजीनामा पत्रमा उल्लेख छ ।
त्यसैगरी केराबारी गाउँपालिका २ निवासी अधिकारीलाई टिकट नदिइएपछि सोही वडाका १९ जना वडा सदस्यहरुले समेत पार्टीको संगठनबाट राजिनामा दिएका छन् । नेकपा एमाले २ केराबारी गाउँपालिका वडा नं.२ को सिंगो वडा कमिटीमा आवद्ध १९ जनाले सामुहिक राजिनामा पत्र लेख्दै पार्टीका वडा अध्यक्ष देवी लिम्बु सहित उपाध्यक्ष सचिव सहित १९ जनाले सामुहिक राजिनामा दिएको पत्रमा उल्लेख छ ।