२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
प्रमुख

नेता राजकुमार लिम्बूले पनि छाडे कांग्रेस, स्वतन्त्र रहने घोषणा

Author Uttari Morang
आइतबार, आश्विन २३, २०७९
नेता राजकुमार लिम्बूले पनि छाडे कांग्रेस, स्वतन्त्र रहने घोषणा

नेपाली कांग्रेसमा ईमान्दार र कर्तब्यनिष्ठ नेताको छबि बनाएका बेलबारी १ का राजकुमार लिम्बुले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
बेलबारी ३ स्थित ड्रिमल्याण्ड फनमा पत्रकार सम्मेलन गरी आईतबार बिहान उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन । आफुमाथि पटक-पटक घात भएपछि आत्मसम्मानमा चोट परेको महसुस गरी पार्टी परित्याग गरेको लिम्बूले बताए ।

बि. सं. २०७४ को स्थानीय निर्बाचनमा बेलबारी नगरपालिकाको मेयरमा उमेदवारी दिएका उनी झिनो मतले पराजित भएका थिए । पार्टीकै नेताहरुको अन्तरघातका कारण आफु हारेको भन्दै उनले हराउने बिरुद्ध उजुरी  दिएका थिए तर पछि पार्टीकै नेताहरुले अन्याय महासमिति सदस्य बनाउने तथा स्थानीय चुनावमा एकल उम्मेदवार बनाउने भन्दै उजुरी फिर्ता गराएका थिए ।

२०७९ को निर्बाचनमा आफुलाइ मेयरको टिकट दिनुको सट्टा पहिले आफुलाइ मेयरमा अन्तरघात गरी हराउने ब्यक्तिलाइ नै टिकट दिइएको लिम्बूले बताए ।  नेताहरुको नाम नै तोकेर उनले ब्यापारी नेताहरुको बोलवाला  भएसम्म पार्टी उभो नलाग्ने देखेर आफुले पार्टी छोडेको बताए । लिम्बु यसअघि मोरङ क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि भएका थिए ।
पत्रकार सम्मेलनमा पटक भावुक भएका उनले केही नेताहरुको स्वार्थका कारण आफु सदैव पिडित भएको बताए । सामाजिक काममा सक्रिय रहने तर अब यस्तो फोहरी राजनीति नगर्ने लिम्बूले  बताए ।