२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बेलबारी गोल्डकपको पाँचौं संस्करण हुँदै, बिजेताले ८ र उपबिजेताले ४ लाख पाउने

Author Uttari Morang
बिहिबार, कार्तिक ०३, २०७९
बेलबारी गोल्डकपको पाँचौं संस्करण हुँदै, बिजेताले ८ र उपबिजेताले ४ लाख पाउने

पाँचौँ संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय अमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता १५ देखि २३ गतेसम्म हुने भएको छ ।

आयोजकले बुधवार पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हो । डाँगीहाट यूथ क्लबको आयोजनामा बेलबारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा हुने गोल्डकपमा तीन वटा विदेशी टिमसहित १० टिमको सहभागिता हुनेछ ।

बुद्ध एयरले मुख्य प्रयोजन गरेको गोल्ड कपमा विजेता हुने टिमले नगद ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ पाउनेछ । यसअघिको चौथो संस्करणमा विजेताले ५ लाख रुपैयाँ रहेको थियो ।

प्रतियोगितामा गत वर्षको विजेता टिम सशस्त्र प्रहरी बलसहित रोलिङ एफ सी झापा, पेम्बा युथ क्लब विराटनगर, डाँगीहाट यूथ क्लब, सहारा क्लब पोखरा, वेस्ट बङ्गाल आमुक्त परिवार, सिराहाको सहलेस यूथ क्लब, एभिनियर फुटबल क्लब क्यामरुन, युनाईटेड ब्रदर्श कालिम्पोङ र धनकुटाको राजारानी फुटबल क्लबको सहभागिता रहनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार, उत्कृष्ट गोलकिपरले १५ हजार, उत्कृष्ट डिफेन्डरले १५ हजार, उत्कृष्ट मिडफिल्डले १५ हजार नगद पाउनेछन् । यस्तै उत्कृष्ट कोचले ३५ हजार, सर्वाधिक गोल कर्ताले १५ हजार, उदयमान खेलाडीले १५ हजार र प्रत्येक दिनको म्यान अफ द म्याच हुने खेलाडीले पाँच हजार रुपैयाँ पाउने डाँगीहाट यूथ क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न करिब ५२ लाख ६१ हजार रुपैयाँ खर्च र ६१ लाख ९० हजार रुपैयाँ आम्दानी हुने आयोजकको अपेक्षा छ । प्रतियोगिताको उद्घाटनको खेल झापाको रोलिङ एफ सी र पेम्बा यूथ क्लब विराटनगर बिच हुनेछ ।