२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

गाउँघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै केराबारी गाउँपालिका

Author Uttari Morang
शुक्रबार, कार्तिक ०४, २०७९
गाउँघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै केराबारी गाउँपालिका

अशक्त र जेष्ठ नागरिकहरुलाई गाउँ घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने चुनावअघिको प्रतिबद्धतालाइ कार्यान्वयन गर्दै केराबारी गाउँपालिकाले गाउँ टोलमै सामाजिक सुरक्षा भत्ता वितरणको अभियान शुरु गरेको छ ।

अशक्त र वृद्धवृद्धाहरुले सामाजिक सुरक्षा भत्ता लिन बैंक धाएर दिनभर लाइनमा बसेर भिडभाडमा अनावश्यक दुःख खेप्नु नपरोस् र रित्तै फर्कनु नपरोस् भनेर पालिकाले बैंकका प्रतिनीधिहरुको समन्वय र उपस्थितीमा पहिलो पटक गाउँ घरमै भत्ता बितरण सुरु गरेको हो ।

गाउँपालिकाले केराबारी वडा नं.१ पाटीबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको पालिकाले बुधबार वडा नं.४ याङशिलामा र विहिबार वडा नं. ९ मा सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ ।

केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ मगरले विहीवार केराबारी ९ की जेष्ठ नागरिक वेचनी थारुलाई वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता रकम बितरण गर्दै सामाजिक सुरक्षा भत्ता बितरण शुरु गरेका थिए । त्यसपछि वडाध्यक्ष गोपाल याक्खा लगायतले भत्ता बितरण गरे ।

आवश्यक सुरक्षा प्रबन्धसहित गाउँपालिकाले वडा कार्यालयबाट भत्ता वितरण सुरु गरेसंगै असक्त र जेष्ठ नागरिकहरु खुशी भएका छन्

एनएमबी बैंक , एनआईसी बैंक र सप्कोशी बैंकको सहकार्यमा पालिकाले विगतमा बैंकको कार्यालयबाट भत्ता वितरण गर्दै आएको थियो । बैंकमा हुने भिडभाडका कारण जेष्ठनागरिकहरुले सास्ती खेप्नुपर्ने भएकाले पालिकाले जेष्ठनागरिकहरुलाई लक्षित गरी विशेष कार्यक्रम बनाई वडास्तरबाट पाउने गरी सबै वडाको व्यवस्था मिलाउने तयारी भइरहेको पालिका अध्यक्ष सुमन मिरिङचिङ मगरले बताए ।

जेष्ठ नागरिक र दीर्घरोगीहरुलाई नि:शुल्क औषधी र यातायातको व्यवस्था हुने

यसैविच गाउँपालिका अध्यक्ष सुमन मगरले चाडै नै जेष्ठ नागरिकलाई निशुल्क औषधी वितरण तयारी गरेको छ ।

वडा नं.९ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्न वडाध्यक्ष वडा सदस्य बैंकका प्रतिनीधि सहित पुगेको टोलीलाई सम्बोधन गर्दै पालिका अध्यक्ष मगरले सो जानकारी दिएका हुन् ।  जेष्ठ नागरिकका लागि विशेष कार्यक्रम ल्याउने तयारी गरीरहेको बताउदै मगरले नि:शुल्क रुपमा खादै आएका औषधीहरु घरमा पाउने गरी स्वास्थ्य संस्था मार्फत आवश्यक तयारी भइरहेको बताए ।