२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

सांसद भएपछि राज्यको तलब भत्ता नलिने डाक्टर सुनिल शर्माको घोषणा

Author Uttari Morang
बुधबार, कार्तिक २३, २०७९
सांसद भएपछि राज्यको तलब भत्ता नलिने डाक्टर सुनिल शर्माको घोषणा

नेपाली कांग्रेसका नेता तथा लोकतान्त्रिक बाम गठवन्धनबाट मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार डाक्टर सुनिलकुमार शर्माले आफु प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने तलब सुविधा समेत नलिने घोषणा गरेका छन ।

निर्वाचन अभियानका क्रममा आयोजिक कोणसभालाइ संवोधन गर्दै उम्मेद्वार शर्माले आफु समाज र राष्ट्रलाइ दिनका लागि मात्र उम्मेद्वार भएको र सांसद भएपछि पनि लिने होइन, समाज र राष्ट्रलाइ दिने कुरामा ध्यान दिने बताए ।

भ्रष्ट्राचार गर्नु वा घुस खानु आमाको रगत खाएसमान हुने भन्दै शर्माले राज्यकोष बाट कुनै सुविधा नलिएर काम गर्ने घोषणा गरे । यसअघि जनताले जिताएका धेरै जनप्रतिनिधि घुस खान र भष्ट्राचार गर्न लागेका कारण जन चाहना पुरा हुन नसकेको शर्माले बताए ।

“कसरी घुस खाने, कसरी भ्रष्ट्राचार गर्ने भन्ने तिर ध्यान भएकाहरु निर्वाचित भएपछि देश र समाजको विकास नहुने बताउँदै शर्माले आफु प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने तलब सुविधा नलिएर ,केवल जनताको सेवा र विकास निमार्णमा ध्यान दिने बताए ।