२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

एपिएफले फेरि चुम्यो बेलबारी गोल्डकपको उपाधि

Author Uttari Morang
बिहिबार, कार्तिक २४, २०७९
एपिएफले फेरि चुम्यो बेलबारी गोल्डकपको उपाधि

पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधी ए पि एफ काठमाडौले चुमेको छ ।

मोरङको लक्ष्मीमार्गमा बुधबार भएको फाइनलमा राजारानी धनकुटालाइ ०-१ गोल अन्तरले स्तब्ध पार्दै ए पि एफले उपाधी चुमेको हो ।
ए पि एफका लागि खेलको ४८ औं मिनेटमा हरि कार्कीले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । पहिलो हाफ गोल रहित बराबरी खेलेको राजारानीले दोस्रो हाफमा गोल गर्नुको सट्टा उल्टै खान पुग्यो । फाइनल खेलको म्यान अफ द म्याच गोल कर्ता हरि कार्की घोषित भए ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५/१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई १० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन ।

प्रतियोगितामा वेष्ट गोल किपर एपीएफका गोलरक्षक राजु नगरकोटी घोषित भए । खेलको वेष्ट डिफ्रेन्स पिटर सैगुन, वेष्ट मिडफिल्डर ए पि एफ का मनि लामा , वेष्ट स्टाईकर राजारानीका बुद्घ चेम्जोङ , वेष्ट कोच एपीएफका सुदिप श्रेष्ठ, राईजिङ प्लेयर आयोजक डाँगीहाटका कासिम राई , हाई स्कोररर सिराहाका फोडे फोफोना सहलेस , सर्वोकृष्ट खेलाडी एपीएफका टोप बहादुर विष्ट घोषित भए ।

डाँगीहाट युथ क्लबद्वारा आयोजित प्रतियोगिताको विजेता एपीएफले नगद ८ लाख १ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्यो । त्यस्तै उपविजेता राजारानी क्लव धनकुटाले नगद ४ लाख १ हजार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा नेपालका ७ र विदेशका ३ गरेर १० वटा टिम सहभागी थिए ।

यसअघि गोल्डकपका विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार पाउँदै थिए । प्रतियोगिताको चौथो संस्करणको उपाधि सशस्त्र प्रहरी बलले जितेको थियो ।