२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

पहिले आफैंलाइ पराजित गर्ने अमनलाल मोदीलाई भोट मागिदिँदै महेश आचार्य

Author Uttari Morang
आइतबार, कार्तिक २७, २०७९
पहिले आफैंलाइ पराजित गर्ने अमनलाल मोदीलाई भोट मागिदिँदै महेश आचार्य

मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिभा सदस्यका उम्मेदवार अमनलाल मोदीको घरदैलो अभियानमा नेपाली कांग्रेसका नेता महेश आचार्य पनि हिँडेका छन् ।

गठबन्धनको घरदैलो अभियानमा सक्रिय सहभागिता जनाउँदै आचार्यले प्रतिनिधिसभामा मोदी, प्रदेशसभा १ मा गुरुराज घिमिरे र २ मा भीम पराजुलीलाई मत मागेका हुन् ।
२०७४ सालमा अमनलाल मोदीसँग पराजित भएका पूर्वमन्त्री आचार्य मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य टिकटको दाबेदार थिए । तर, सत्तारुढ गठबन्धनमा भागवण्डा हुँदा मोरङ क्षेत्र नम्बर ४ माओवादी केन्द्रले पायो ।

माओवादी केन्द्रले टिकट पाएपछि आचार्य चुनावी सभाहरूमा देखिएका थिएनन् । बिहीबारबाट भने उनी चुनावी अभियानमा हिँडेका हुन् । विराटनगर ८ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह गरे ।

मोरङ क्षेत्र नम्बर ४ मा एमालेबाट उम्मेदवार बनेका विनाद ढकालले पनि घरदैलो अभियान गरिरहेका छन् ।
मोरङ ४ बाट अमनलाल मोदीलाई जिताउने अभियानमा महेश आचार्य पनि सक्रिय सहभागी भएसँगै उनको पक्षमा अझ मजबुत रूपमा चुनावी माहोल बनेको माओवादीका नेता-कार्यकर्ताहरूले जनाएका छन् ।