२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

तेस्रो पटक पनि सर्वाधिक आयकर तिर्ने संस्था बन्यो नोवेल मेडिकल कलेज

Author Uttari Morang
बिहिबार, मंसिर ०८, २०७९
तेस्रो पटक पनि सर्वाधिक आयकर तिर्ने संस्था बन्यो नोवेल मेडिकल कलेज

डाक्टर सुनिल कुमार शर्माले नेतृत्व गरेको बिराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यस बर्षको स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्थाको सम्मानित भएको छ ।

११ औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार काठमाडौंमा आर्थिक बर्ष २०७७ /७८  मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट कर तिरेवापत नोवेल मेडिकल कलेज सम्मानित भएको हो । कलेजले गत आर्थिक वर्षमा १६ करोड ६६ लाख आय कर तिरेको थियो । यो भ्याट र टिडिएस बाहेकको रकम हो ।

नोवेल मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा भागेन्द्र प्रसाद उपाध्यायले राम्रो सेवा दिदै सर्वाधिक आयकर तिर्ने संस्था बन्न पाउदा खुसी लागेको प्रतिक्रिया दिएका छन् । जनतालाइ गुणस्तरिक सेवा संगै राज्यलाइ सवैभन्दा कढी आय कर तिर्ने संस्था बन्दा गर्व लागेको छ ।

उपाध्यायले भने “सरकारको नियम पालन गरेर सर्वाधिक आय कर तिर्ने संस्था बन्न पाउनु खुसी र गौरवको बिषय हो” डाक्टर सुनिलकुमार शर्माको कुशल नेतृत्व र राष्ट्रप्रतिको इमान्दारिताले यो सम्भव भएको भन्दै उपाध्यायले यो सम्मानले थप उर्जा बढेको र आगामी दिन पनि यो विश्वासलाइ कायम राख्नेगरि काम गर्ने बताए । नोबेल मेडिकल कलेज विराटनर यस अघिपनि दुई पटक शिक्षा र स्वास्थ्य क्षेत्रवाट सार्वाधिक आयकर तिर्ने संस्थाको रुपमा सरकारबाट सम्मानित भइसकेको छ ।