२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

फ्रान्सलाई स्तब्ध पार्दै तेस्रो पटक अर्जेन्टिनाले जित्यो बिश्वकप उपाधी

Author Uttari Morang
शुक्रबार, पुष ०८, २०७९
फ्रान्सलाई स्तब्ध पार्दै तेस्रो पटक अर्जेन्टिनाले जित्यो बिश्वकप उपाधी

फिफा विश्वकप २०२२ को फाइनलमा फ्रान्सलाइ स्तब्ध पार्दै अर्जेन्टिनाले उपाधी जितेको छ ।

कतारको अल बायट रंगशालामा आइतबार भएको फाइनलमा फ्रान्सलाइ पेनाल्टीबाट पराजित गर्दै अर्जेन्टिनाले बिश्वकप उपाधी जितेको हो । निर्धारित समयमा अर्जेन्टिना र फान्सले तीन तीन गोल गरेपछि खेल अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयमा पनि उहीँ नतिजा आएपछि पेनाल्टी मार्फत छिनोफानो भएको थियो । त्यस क्रममा फ्रान्सका दुई खेलाडी गोल गर्न चुकेपछि प्रान्स उपबिजेता हुन बाध्य भयो । फान्सका लागि एम्बापेले ह्याटि्रक गरेका थिए ।

सन् १९७८ र १९८६ मा विश्पकप उपाधि जितेको अर्जेन्टिनाले दुई पटक फाइनल र तीन पटक क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । सन् १९९८ मा पहिलो विश्वकप उपाधि जितेको फ्रान्सले २०१८ मा दोस्रो उपाधि जितेको थियो ।