२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

भारतले बिकास गर्यो कोभिड विरुद्धको नाक बुस्टर खोप

Author Uttari Morang
बिहिबार, पुष २१, २०७९
भारतले बिकास गर्यो कोभिड विरुद्धको नाक बुस्टर खोप

भारतीय एक कम्पनीले पहिलो नाक खोप आई इनभ्याक्स (बूस्टर डोज) बिकास गरेको छ ।

भारतको केन्द्रीय औषधि नियामक निकायले औषधि निर्माता भारत बायोटेक्नोलोजीलाई इनभ्याक्सको बुस्टर डोज प्रयोग गर्न व्यवसाय इजाजतपत्र समेत दिएको छ ।

भारत बायोटेक्नोलोजी इन्स्टिच्युटले जारी गरेको विज्ञप्ति अनुसार हाल उपलब्ध गराइएको खोपको मूल्य निजी बजारमा ८०० रुपैयाँ पर्छ । त्यसैगरी भारत सरकार र राज्य सरकारलाई ३ सय २५ रुपैयाँमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

निर्माताले आईएन भ्याक्स कोभिड-१९ लाई पूर्व-फ्यूजन-स्थिर सार्स- कोभ-२ स्पाइक प्रोटिन भएको रिकम्बिनेन्ट एडेनोभाइरस-भेक्टर गरिएको खोपको रूपमा परिभाषित गरेको छ । तीन चरणमा गरिएका क्लिनिकल परिक्षणहरुमा सकारात्मक परिणाम देखिएको बताइएको छ ।

भ्याक्सिन थोपा मार्फत नाकमा लगाइने भएकोले प्रयोग गर्न सजिलो छ । यो खोप कम र मध्यम आय भएका देशहरूमा किफायती हुने उत्पादक कम्पनीले दाबी गरेको छ ।

भारत बायोटेक्नोलोजी इन्स्टिच्युटका कार्यकारी अध्यक्ष डा. कृष्ण अल्लाले यो महामारीको समयमा यो खोप निकै प्रभावकारी हुने बताए । क्यारियर इन्ट्रानासल डेलिभरी प्रणालीले आपतकालिन स्वास्थ्य र महामारीको समयमा सुविधाजनक र पीडारहित खोप साबित हुने बताएको ईन्डिया न्युज नेटवर्कले जनाएको छ ।

यसअघि भारतका दुई कम्पनीले कोभ्याक्सिन र इन्भ्याक्सिन बिकास गरेका थिए । यो खोप कोभिड विरुद्धको पहिलो र दोस्रो खोप लगाइसकेकाहरुलाई बुस्टर डोजको रूपमा दिइनेछ ।