२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कृषि/सहकारी

मोरङकै ठुलो रमाईलो जनएकता सहकारीमा कांग्रेसको बर्चस्व

Author Uttari Morang
शनिबार, पुष ३०, २०७९
मोरङकै ठुलो रमाईलो जनएकता सहकारीमा कांग्रेसको बर्चस्व

मोरङकै ठुलो मध्येको एक रमाईलो जनएकता बचत तथा ऋण सहकारी संस्थामा कांग्रेस समर्थक उम्मेदवारहरु निर्वाचित भएका छन् ।
१० हजार सय ४८ जना सेयर सदस्य रहेको सहकारीमा एमाले– माओवादी केन्द्र गठबन्धनका उम्मेदवारहरुलाइ पराजित गर्दै कांग्रेस उम्मेदवारहरु बिजयी भएका हुन ।
कानेपोखरी ६ मा अबस्थित सहकारीको अध्यक्ष कांग्रेसका त्रिभूनाथ फुयाल ३ हजार ४ सय ७२ मत ल्याएर विजयी भए । एमाले माओवादी गठबन्धनका दानबहादुर बस्नेतले २ हजार ५८ मत प्राप्त गरेका थिए । निर्वाचनमा ६ हजार २ सय ६८ जनाले मतदान गरेका थिए ।
खुल्ला उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका हरिप्रसाद अधिकारीलाई उछिन्दै कांग्रेसकै सुनिलदत्त अधिकारी विजयी भए । महिला उपाध्यक्षमा कांग्रेसकै सुष्मा कार्कीले एमाले– माओवादी गठबन्धनबाट उम्मेदवार बनेकी यसोदा लिम्बूलाई पराजित गरिन् ।
सचिवमा पनि गठबन्धन उम्मेदवार अम्बिका अर्याललाई हराउँदै कांग्रेस प्यानलबाट उम्मेदवार बनेका राजेश कार्की निर्वाचित भए ।
सहसचिवमा कुमार फुयल र कोषाध्यक्षमा पर्शुराम खतिवडा, लेखा संयोजकमा एविन पाठक निर्विरोध भएका थिए ।
सदस्यमा गठबन्धनबाट अशोक फुयाल, एकराज फुयाल, रत्नबहादुर काफ्ले तथा कांग्रेसबाट सुनिल पराजुली, मनोज अधिकारी निर्वाचित भए । महिला सदस्य तर्फ होमा पराजुली, रेजिना ठकुरी, सरस्वती चौधरी र तारा ओझा निर्वाचित भए । जसमा रेजिना र तारा एमाले– माओवादी गठबन्धनबाट र होमा दुवै प्यानलबाट उम्मेदवार थिइन् ।