लोकप्रिय बन्दै शंकर र शान्तिको ‘रिसाउ बरु सहन्छु’ ( भिडियो सहित )
Uttari Morang
पछिल्लो पुस्ताका चर्चित अनि सफल संगीतकार शंकर थापा ‘स्माइल’को स्वर र संगीतमा समावेश ‘रिसाउ बरु सहन्छु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। आफ्नो हरेक सिर्जनामा नेपाली मौलिक पन र सरल बनाउन कोसिस गर्ने थापालाई यसपटक अमेरिकामा बसोबास गर्दै आइरहेकी गायिका एवम मोडल शान्ति गजमेर सुनारले स्वरमा साथ दिएकी छिन्।
रोमान्टिक भर्सनको यस गीतलाई नवराज भुमरी आचार्यले लेखेका हुन् भने उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा गायिका शान्ति गजमेर सुनार र प्रिन्स बिश्वकर्मा बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। कालिञ्चोक वरपरका रमणीय दृश्य समेटिएको भिडियोलाई सुजन श्रेष्ठले छायाँकन गरेका हुन् भने दिन्सन शाहले सम्पादन गरेका हुन्।
प्रनय सुनार निर्माता रहेको यस भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो। भिडियो ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।



