२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
खबर

विमान दुर्घटनामा मृत्यु भएका सबैलाई सम्झँदै नोबेलमा गरियो दीप प्रज्वलन

Author Uttari Morang
मंगलबार, माघ ०३, २०७९
विमान दुर्घटनामा मृत्यु भएका सबैलाई सम्झँदै  नोबेलमा गरियो दीप प्रज्वलन

पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झना गर्दै सोमबार विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दीप प्रज्वलन गरिएको छ । नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले अस्पताल अगाडि साँझ दीप प्रज्वलन गरेर मृतकहरुको सम्झना गरेका हुन् ।

 दीप प्रज्वलनमा नोबेलको एमबीबीएस र बीडीएसका विद्यार्थीहरु सहभागि थिए । उनीहरुले मृतकहरुको आत्माको चिर शान्तिको कामना गरेका छन् । मृतकहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारणसमेत गरिएको नोबेलमा अध्ययनरत विद्यार्थी विविसा बुढाथोकीले जानकारी दिइन् ।

   आइतबार बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट ६८ यात्रु र चालकदलका चार सदस्यसहित पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज अवतरणका क्रममा पोखराको सेती खोँचमा दुर्घटना भएको थियो । दुर्घटनामा हालसम्म ७० जनाको मृत्यु भएको पुष्टि भएको छ, बाँकी दुई जनाको खोजी भइरहेको छ ।