२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

बेलबारीमा हुनेभो तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी

Author Uttari Morang
सोमबार, फाल्गुण ०८, २०७९
बेलबारीमा हुनेभो तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी

धिमाल जातिको मौलिक खाना संस्कतिको प्रचारप्रसार र प्रवर्द्धनका लागि मोरङ बेलबारीमा तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी हुने भएको छ ।

“सँस्कृति, मौलिकता र स्वस्थ खाना” भन्ने नाराका साथ फागुन १३ गते शनिबार तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी आयोजना गरिएको हो । धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिको आयोजनामा बेलबारी ३ स्थित ड्रिमल्याण्ड फन पार्कमा हुने कार्यक्रमको लागि  करिब ५ लाख रुपैयाँ खर्च हुनेछ । प्रदर्शनीमा दुई हजार भन्दा बढि दर्शकको सहभागिता रहने आयोजकले अनुमान गरेको छ  ।

प्रदर्शनी अन्तरगत धिमाल परिकार स्टलमा धिमाल जातिको मौलिक खानाहरु चिचिरी, गेन्द्रो, तोले, चुदुर, पायाको बिहा, गोरा, हाया लगायतका परिकारहरु उपलब्ध हुनेछन् ।

सो अवसरमा धिमाल कलाकारहरुबाट साँस्कृतिक तथा साङ्गीतिक कार्यक्रम समेत हुनेछ्न्। प्रस्तुति दिनका गायिका मेचु धिमाल, गायकहरु डिकबहादुर धिमाल, सन्जिव धिमाल, सुरेश धिमाल, राजेश धिमाल, हास्य कलाकार बिक्रम धिमाल र डान्सर सरस्वति धिमाल लगायतले प्रस्तुति दिनेछन्  । थै प्रदर्शनीमा गरगहना, पुस्तक, तानबुन्ने, धिमाल समुदायले उत्पादन गर्ने पेटानी लगायतका सामग्री तथा बाध्यवादन समेत प्रदर्शनी हुनेछ ।

धिमाल जातिय विकास केन्द्र, केन्द्रीय समितिको आयोजनामा हुने कार्यक्रममा सहभागी भइ सहयोग गर्न बेलबारीका राजनीतिक दल, सामाजिक संघ/संस्था, शैक्षिक संस्था, उद्योगी, व्यवसायी, पत्रकार लगायत सबैलाई आयोजकले आग्रह गरेको छ। यसअघि पहिलो र दोस्रो प्रदर्शनी दमक र उर्लाबारीमा भएका थिए । ।