२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

२८ औं बार्षिकोत्सव मनाउँदै सिद्धार्थ स्कुल, सिद्धार्थमै १५ सय जनाले गरे नि:शुल्क उपचार

Author Uttari Morang
शनिबार, फाल्गुण १३, २०७९
२८ औं बार्षिकोत्सव मनाउँदै सिद्धार्थ स्कुल, सिद्धार्थमै १५ सय जनाले गरे नि:शुल्क उपचार

माेरङकाे सुन्दरहरैँचा १० खाेर्सानेमा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलले विद्यालयकाे २८ औं अभिभावक दिवसकाे अवसरमा शुक्रबार आयोजना गरेको वृहत नि:शुल्क स्वास्थ्य शिविरमा १ हजार ५ सय जनाको स्वास्थ्य जाँच तथा उपचार भएको छ ।

नाेवेल हस्पिटल विराटनगरकाे प्राविधिक सहयाेगमा भएको शिविरमा जेनेरल मेडिसिन, महिला रोग, हाडजोर्नी तथा नशा रोग साथै नाक, कान, घाँटी, छाला र यौन रोग ,बाल रोग ,आँखा रोग,शल्यक्रिया (सर्जन), दन्त रोग,भिडियो एक्स-रे
,ई.सि.जी र ल्याब सेवा सञ्चालन गरिएकाे सिद्धार्थ सेकेण्डरी स्कुलका संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतले बताए  ।

२८ औं बार्षिकोत्सवको अबसररमा विद्यालयले वक्तित्वकला कार्यक्रम समेत गरेको छ । सो प्रतियोगितामा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीले भाग लिएका थिए । सो प्रतियोगिताका लागि  निर्णायककाे शिक्षासेवी प्रेमप्रसाद भट्टराई तथा गुरुप्रसाद अधिकारी निर्णायक थिए । शुक्रबार नै अघिल्लो बार्षिक परिक्षामा प्रथम, द्वितीय र तृतीय सहित उत्कृष्ट भएका विद्यार्थीलाइ पुरस्कार वितरण पनि गरिएको थियो ।

आइएसओबाट  मान्यताप्राप्त सिद्वार्थमा १ हजार ४ सय भन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेका छन् । डिजिटल माध्यमबाट पढाइ  विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने भएकोले विद्यार्थी तथा अभिभावककाे पहिलो राेजाइ बन्न सफल भएको विद्यालयका संस्थापक  प्रिन्सिपल वस्नेतको दाबी छ ।

स्कुलको २८ औं बार्षिकोत्सवको अबसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यार्थीहरूकाे चाैतर्फी विकासका लागि फागुन ११ देखि १४ गते सम्म स्वास्थ्य तथा शैक्षिक क्षेत्रका विविध कार्यक्रम आयोजना गरिएको स्कुका भाइस प्रिन्सिपल  जेवी थुलुङले बताए ।