वडा, पालिका, क्षेत्रीय र जिल्ला सम्मेलनको तयारी गर्दै धनकुटा कांग्रेस
Uttari Morang
नेपाली कांग्रेस धनकुटाले चैत्र ११ गते वडा सम्मेलन र बैसाख दोस्रो सातामा पालिका सम्मेलन र बैसाख तेस्रो साता क्षेत्र तथा जिल्ला सम्मेलन गर्ने भएको छ ।
नेपाली कांग्रेस धनकुटाको निर्णय अनुसार चैत्र ११ गते एकै दिन धनकुटाका ६० वटै वडाहरुमा वडा सम्मेलन हुनेछन् । त्यसैगरी ,२०८० बैसाख ९ गते एकै दिन सात वटै पालिकाहरुको पालिका सम्मेलन गर्ने र ,वैसाख १६ गते क्षेत्र नं. १ को क्षेत्रिय अधिवेशन तथा बैसाख १८ गते क्षेत्र नं. २ को क्षेत्रिय सम्मेलन गर्ने निर्णय भएको सहचिव रोशन श्रेष्ठले वताए ।
यसैगरी बैसाख २३ गते जिल्ला सदुरमुकाम धनकुटामा जिल्ला सम्मेलन हुनेछ । जिल्ला सम्मेलनको समुद्घाटन महामन्त्री गगन कुमार थापाले गर्ने जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।
नेपाली कांग्रेसको विधान अनुसार प्रत्यक्ब ६/६ महिनामा वडा तथा प्रत्येक बर्ष पालिका ,क्षेत्र र जिल्ला सम्मेलन गर्ने व्यवस्था भएकोले वडा तह देखि जिल्लासम्मका सम्मेलन गर्न लागिएको जिल्ला सभापति दिनेश राईले वताए । नेपाली कांग्रेस धनकुटाको जिल्ला सम्मेलनमा पूर्व जिल्ला सभापतीहरु र अग्रज तथा जेष्ठ कांग्रेसहरुलाई सम्मान गरिने जिल्ला सभापती राईले वताए ।
वडा तथा पालिका सम्मेलनमा सवै वडाका क्रियाशिल सदस्यहरु,जननिर्वाचित प्रतिनिधिहरु,भातृसंस्था तथा शुबेच्छुक संस्थाहरुलाई अनिवार्य उपस्थित गराई पार्टी संगठन विस्तार तथा सुदृढीकरणबारे छलफल गर्ने, विकास निर्माण लगायत अन्य विषयमा छलफल गर्ने एवम् निर्वाचनको समेत समिक्षा र जनप्रतिनिधिहरुले गरिरहेको कामको विषयमा समेत छलफल हुने काग्रेस धनकुटका अर्का जिल्ला सचिव जयन्द्र घिसिङ्गले वताए ।
यसैगरी क्षेत्र र जिल्ला सम्मेलनमा सवै क्षेत्रिय प्रतिनिधिहरु,भातृ संस्था र शुभेच्छुक संस्थाका क्षेत्र र जिल्ला कार्य समितिलाई अनिवार्य सहभागीता गराउने निर्णय भएको पार्टी प्रवक्ता खगेन्द्र घिमिरेले जानकारी दिए ।




