२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

रमिते सामुदायिक बनको पाँचौं साधारणसभा सम्पन्न, १५ सदस्यीय समिति चयन

Author Uttari Morang
आइतबार, चैत्र १२, २०७९
रमिते सामुदायिक बनको पाँचौं साधारणसभा सम्पन्न, १५ सदस्यीय समिति चयन

रमिते सामुदायिक बनकाे पाँचौ साधारण सभाबाट नयाँ समिति
चयन भएको छ ।

शनिबार भएको साधारणसभाले वन समुहका निवर्तमान कोषाध्यक्ष खगेन्द ओझाको नेतृत्वमा  १५ सदस्यीय नयाँ समिति निर्वाचित गरेको हो ।

एमाले र सत्ता गठबन्धन समर्थित दलहरूले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरेकोमा एमाले समर्थित ओझाको नेतृत्व निर्वाचित भएको हो । नवगठित समितिमा सुमन कटुवाल उपाध्यक्ष, नैना राई सचिव, शान्तकुमार सुनार सहसचिब र तुलसा कार्की काेषाध्यक्षमा चयन भएका छन् ।

त्यसैगरी महिला सदस्यतर्फ मनमाया रिजाल, कमला श्रेष्ठ, सरस्वती लिम्बू, गंगा ढकाल र मेनुका शङ्कर निर्वाचित भएका छन् । त्यस्तै खुल्ला सदस्यतर्फ सिताराम नेउपाने, राजु परियार, गाेपाल नेपाल, भुवनेश्वर लिम्बू, राजेन्द्र तामाङ चयन भएका छन् ।

लेखा समिति संयोजकमा श्याम कुमार लिम्बू तथा लेखा समिति सदस्यमा गाेपाल बस्नेत र बिन्दु दहाल चयन भएका छन् ।

 

कूल ६० वटा उपभोक्ता समूह बाट ८२ जना प्रतिनिधि चुनिएर आएकोमा २ जना बाहेक सबैले मतदान गरेका थिए । साधारणसभामा केही पुर्व पदाधिकारीको नाममा बेरुजु देखिदै आएपनि असुली गर्न नसकेको भन्द!केही उपभोक्ताले साधारणसभा नै रोक्नुपर्ने माग समेत गरेका थिए । यस सामुदायिक वनले गत आबमा ६६ लाख आम्दानी गरेको थियो ।