२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

पुर्व मन्त्री थापाको पहलमा धनकुटा अस्पतालमा आए पाँच थान डायलासिस उपकरण

Author Uttari Morang
शनिबार, बैशाख ०२, २०८०
पुर्व मन्त्री थापाको पहलमा धनकुटा अस्पतालमा आए पाँच थान डायलासिस उपकरण

पूर्व मन्त्री तथा राष्टपतिका प्रमुख राजनैतिक सल्लाहकार सुनिल वहादुर थापाको पहलमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागबाट धनकुटा अस्पताललाई पाँच थान डायलासिस उपकरण  उपलब्ध भएको छ ।
गत संसदिय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बने पनि पराजित भएका थापाको पहलमा धनकुटा अस्पताललाई  स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागबाट पाँच थान डायलासिस उपकरण उपलब्ध भएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।
धनकुटा अस्पतालमा प्राप्त डायलासिस मेसिन बाट डायलासिस सेवा संचालन गर्नका लागी स्वास्थ्यकर्मी तालिम लिएर आईसकेकोले सेवा संचालन गर्न आवाश्यक तयारी भैरहेको र अव चाँडै धनकुटा अस्पतालबाट डायलिसस सेवा शुरु गर्ने तयारी भैरहेको धनकुटा अस्पतालका प्रमुख डा.अभिताप ठाकुरले  वताए ।
धनकुटा जिल्लाका लगायत पूर्व पहाडी जिल्लाहरु तेह्थुम,संखुवासभा,भोजपुर,ताप्लेजुङ्ग,पाचथर लगायतका जिल्लाका डायलासिस गर्नु पर्ने विरामीहरुलाई धनकुटामा डायलासिस गर्न धेरै सुविधा र सहज हुनेछ ।