२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

सांसद सुनिल शर्माको पहलमा दैलेखका ४६ सय विरामीले पाए निःशुल्क उपचार

Author Uttari Morang
सोमबार, जेठ २२, २०८०
सांसद सुनिल शर्माको पहलमा दैलेखका ४६ सय विरामीले पाए निःशुल्क उपचार

मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सञ्चालन गराएको शिविरबाट कर्णाली प्रदेशको दैलेखका ४ हजार ६ सय २० जना विरामीले निःशुल्क उपचार पाएका छन् ।
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका विशेषज्ञ डाक्टरको टोली पठाएर सांसद शर्माले दैलेखका तीन पालिकामा तीन दिन शिविर सञ्चालन गराएका हुन् ।

दैलेखको आठविस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका र दुल्लु नगरपालिकामा शिविर सञ्चालन गरिएको हो । तीन वटा शिविरमा ४०८ जनाको मुटुको जाँच इसीजी, १०७ जनाको इको, ९१४ जनाको भिडियो एक्सरे र ५४२ जनाको रक्त परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
आठबीस नगरपालिकामा सञ्चालित शिविरमा १ हजार ३ सय २२ जना विरामीको उपचार गरिएको थियो । बिहिबार चामुण्डा बिन्द्रासैनी नगरपालिकामा गरिएको शिविरमा १ हजार ५ सय ६३ जना र शुक्रबार दुल्लु नगरपालिकामा सञ्चालित शिविरमा १ हजार ७ सय ५३ विरामीको निःशुल्क उपचार गरिएको छ ।

शिविरमा गाउँ–गाउँबाट विरामीहरु उपचारका लागि आएका थिए । कतिपय विरामीलाई स्टेचरमा राखेर पनि उपचारका लागि शिविरमा ल्याइएको थियो । काठमाडौंबाट विशेषज्ञ डाक्टरहरुको टोली गाउँमा पुग्दा विारमीको भीड लागेको थियो ।

शिविर सञ्चालनका लागि दैलेख क्षेत्र नं.२ बाट निर्वाचित सांसद दिक्पाल कुमार शाहीले समन्वय गरेका थिए । सांसद साही र स्थानीय पालिकाहरुसँगको समन्वयमा सांसद शर्माले तीन वटै ठाउँमा शिविर सञ्चालन गराएका थिए । कांग्रेस नेतासमेत रहेको सांसद शर्माले देशका विभिन्न जिल्लामा विशेषज्ञ डाक्टरको टोली पठाएर गरिब तथा विपन्न बिरामीको निःशुल्क उपचार गराइँदै आएका छन् ।