२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

देविझोडा सामुदायिक वन जिल्लाकै उत्कृष्ट वन घोषित

Author Uttari Morang
सोमबार, साउन ०१, २०८०
देविझोडा सामुदायिक वन जिल्लाकै उत्कृष्ट वन घोषित

मोरङका उत्कृष्ट सामुदायिक वनहरु पुरस्कृत
मोरङको केराबारी गाउँपालिका वडा नंम्बर ९ मा रहेको देविझोडा सामुदायिक वन उपभोक्ता समुह जिल्लाकै उत्कृष्ट सामुदायिक वन समुह घोषित भएको छ ।

डिभिजन वन कार्यालय मोरङले शनिवार एक कार्यक्रमको आयोजना गरी देवीझोडा सामुदायिक वनलाई जिल्लाको उत्कृष्ट सामुदायिक वन पुरस्कार २०८० बाट पुरस्कृत गरेको हो । सामुदायिक वनको संरक्षण,सम्वद्र्धन,दिगो व्यवस्थापन, वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षण एवं गरिविन्युृनीकरणमा योगदान पुर्याए वापत समुहलाई १० हजार नगद सहित प्रशंसा पत्रले पुरस्कृत गरिएको हो ।

त्यसैगरी मिक्लाजुङमा रहेको धानखेती सामुदायिक वन उपभोक्ता समुह उत्कष्ट द्धितिय र सुन्दहरैंचा स्थित जनचेतना सामुदायिक वन उपभोक्ता समुहले तृतिय पुरस्कार प्राप्त गरेका छन्  । त्यसैगरी बेलबारी १ स्थित नक्सल सामुदायिक वनलाई सान्तावना पुरस्कार प्रदान गरिएको छ । जिल्ला समन्वय समिति मोरङका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि अजम्वर काम्बाङ र डिभिजन वन कार्यालय मोरङका अधिकृत विष्णुलाल घिमिरेले पुरस्कार प्रदान गरेका थिए ।

डिभिजन कार्यालय मोरङ वार्षिक रुपमा मोरङका सामुदायिक वनहरुलाई कार्य मुल्याङ्कनको आधारमा वार्षिक रुपमा पुरस्कृत गर्दै आएको छ । कार्यक्रमकै अवसरमा यसै आर्थिक वर्ष भित्र अवकास प्राप्त वन कर्मचारीहरुलाई विदाई पनि गरिएको थियो  ।