२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

भूपू सैनिक, भूपु प्रहरी संघ र नेपाल दलित संघ धनकुटामा नयाँ नेतृत्व

Author Uttari Morang
सोमबार, साउन २९, २०८०
भूपू सैनिक, भूपु प्रहरी संघ र नेपाल दलित संघ धनकुटामा नयाँ नेतृत्व

नेपाल दलित संघ,भूतपूर्व सैनिक संघ र भूतपूर्व प्रहरी संघ धनकुटाको छुट्टाछुट्टै भेलाले नेतृत्व तथा समिति चयन गरेको छ ।
भूतपूर्व प्रहरीहरुको भेलाले पूर्व प्रहरी संघको अध्यक्षमा मेघराज शाही, उपाध्यक्षमा पूर्ण वहादुर राउत, सचिवमा सुरेश कार्की, कोषाध्यक्षमा सन्तोष गिरी र सदस्यहरुमा राम कुमार राई, राम वहादुर रसाईली र दल वहादुर राईलाई चयन गरेको छ ।

भूतपूर्व सैनिकहरुको सोमबार नै भएको भेलाले बीर वहादुर थापालाई नेपाल भूतपूर्व सैनिक संघ धनकुटाको तदर्थ समिति अध्यक्षमा चयन गर्दै जिल्ला अधिवेशन गर्ने जिम्मेवारी दिएको नेपाल भूतपूर्व सैनिक संघ धनकुटाका निर्वतमान अध्यक्ष धन वहादुर खड्काले वताए ।

नेपाल दलित संघ धनकुटाका अध्यक्ष शिव विक नेपाली कांग्रेसको प्रदेश कार्य समितिको सदस्यमा मनोनित भएकोले जिल्ला उपाध्यक्ष नारायण विकलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिईएको छ ।
आज चयन भई जिम्मेजारी प्राप्त गरेका भूपू सैंनिक संघ धनकुटाका अध्यक्ष वीर वहादुर थापा, भूपू प्रहरी संघ धनकुटाका अध्यक्ष मेघराज शाही लगायतका कार्य समिति र नेपाल दलित संघ धनकुटाका कार्यवहाक अध्यक्ष नारायण विकलाई नेपाली कांग्रेस धनकुटका सभापति दिनेश राई, संविधान सभा सदस्य अञ्जना ताम्ली, जिल्ला सचिव विजय सन्तोषी राई, दलित संघका प्रदेशका वरिष्ठ उपाध्यक्ष रविन्द्र नेपाल, नेपाली कांग्रेस धनकुटका जिल्ला सदस्यहरु अम्विका परियार, मिन वहादुर कार्की, कार्यपालिका सदस्य रेजिना हिङमाङ्गले खादा माला तथा अविर लगाई बधाई दिएका छन् ।