२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

धनकुटाको हुलाकटोललाई उज्यालो बनाउन नेपाल बैकले दियो २१ वटा सडक वत्ति

Author Uttari Morang
सोमबार, भाद्र २५, २०८०
धनकुटाको हुलाकटोललाई उज्यालो बनाउन नेपाल बैकले दियो २१ वटा सडक वत्ति

मुख्य बजार क्षेत्र धनकुटाको वडा नं. ७ को हुलाकटोलमा नेपाल बैक लिमिटेड धनकुटा शाखाले सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदान गरेको सडक वत्ती आज जठान गरिएको छ ।
धनकुटा नगरपालिका वडा नं. ७ को हुलाकटोल स्थित मदन चौक देखी अस्पताल रोड हुदै ग्रिन र्पाक चुवाको वोट,चार चौतारा सम्मको क्षेत्रमा नेपाल बैक लिमिेटेड धनकुटा शाखाले प्रदान गरेका सडक वत्ति जडान गरिएको धनकुटा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष यूवा समाजसेवी रोशेष श्रेष्ठले वताउनु भयो ।
नेपाल बैक लिमिटेड धनकुटा शाखाका प्रवन्धक रञ्जित शाहले साजिक उत्तरदायित्व अन्र्तगत धनकुटा वडा नं. ७ का वडाध्यक्ष रोषेश श्रेष्ठलाई यूवा समाजसेवीहरु शैलेसमान श्रेष्ठ,दिपन श्रेष्ठ,शैलेस श्रेष्ठको उपस्थितमा २१ वटा सडक बत्ती प्रदान गर्नु भएको समाज कल्याण संस्था धनकुटा ७ का अध्यक्ष सुनिल कुमार डंगोलले वताउनु भयो ।
नेपाल बैक लिमिटेड धनकुटा शाखबाट उपलब्ध भएको सडक वत्ती हुलाक टोल क्षेत्रमा जडान गरिएको अन्य नपुग भएको क्षेत्र र धनकुटा नगरपालिका वडा नं. ७ का सवै टोलहरुमा वडा कार्यालयको तर्फकाट अव चाडैनै सवै टोलहरुमा तिन देखी चार वटा सम्म सडक वत्ती जडान गरिने वडाध्यक्ष रोशेष श्रेष्ठले वताउनु भयो ।
धनकुटा नगरपालिका वडा नं. ७ लाई उज्यालोवडा बनाउने अभियान अन्र्तगत अहिले उज्याले कार्यक्रम संचालन गरेको समेत वडाध्यक्ष रोशेष श्रेष्ठले वताउनु भयो ।