२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

छैठौं बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको तयारी शुरु

Author Uttari Morang
शुक्रबार, आश्विन ०५, २०८०
छैठौं बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको तयारी शुरु

छैंठौ अन्तराष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको तयारी शुरु भएको छ ।
डागीहाट फुटबल क्लवले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम बारे जानकारी गराएको छ । खेलकुद क्षेत्रको विकास, खेलाडीको उत्पादन र प्रवद्र्धन गर्ने उद्धेश्य सहित असोज २८ गते देखि कात्तिक ४ गते सम्म गोल्डकप आयोजना गरिएको डागीहाँट युथ क्लवका अध्यक्ष विक्रम राईले बताए ।

गोल्डकपमा लिग च्याम्पियन चर्च ब्वाईज काठमाण्डौ, बिग्रेड ब्वाईज क्लव काठमाण्डौ, सहलेश युवा क्लव सिरहा, रारा फुटबल क्लव धनकुटा, आयोजक डाँगीहाट युथ क्लव, विर्तामाड युनाईटेड झापा, भोजपुर जिल्ला फुटबल क्लव र युकेएफसी भारत गरी ८ वटा टीम सहभागी हुने आयोजक डाँगीहाट युथ क्लबले जनाएको छ ।

गोल्डकपको विजेताले नगद आठ लाख तथा उपविजेतालाई पाँच लाख पुरस्कारसहित ट्रफी, मेडल प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोल किपर, डिफेण्डर, मिडफिल्डर, उत्कृष्ट कोच, उदियमान खेलाडी र सर्वाधिक गोलकर्ता तथा हरेक खेलको म्यान अफ द म्याचले पनि पुरस्कार पाउनेछन् ।
प्रतियोगिताका लागि बेलबारी नगरपालिका मुख्य सहयोगी रहेको गोल्डकपमा आरजु राईस मिल मुख्य प्रायोजक रहेको छ । त्यसैगरी द रिभर ओभरसिज ,मल्टिमिसन ट्रेनिङ सेन्टर धरान र टुर्बोग वियर प्रतियोगिताको सह-प्रायोजक छन् ।

गोल्डकपमा ६२ लाख ९० हजार खर्च र ६९ लाख ४० हजार आम्दानी हुने अनुमान गरिएको गोल्डकपका प्रबक्ता तथा सञ्चार संयोजक नरेन्द्र बस्नेतले बताए ।