२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

धनकुटामा शल्यक्रिया सहितको स्वास्थ्य शिविर, झन्डै २ हजारले गराए उपचार

Author Uttari Morang
सोमबार, आश्विन १५, २०८०
धनकुटामा शल्यक्रिया सहितको स्वास्थ्य शिविर, झन्डै २ हजारले गराए उपचार

गरिव, असाहय तथा पहुँच विहिनहरुका लागि वरदान सावित भएको धनकुटामा संचालित वृहत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

धनकुटा अस्पतालमा १२ दिन सम्म निरन्तर शल्यक्रिया सहित अलोहवा मेडिकल मिसन अमेरीका र नेपालका विभिन्न अस्पतालबाट आएका चिकित्सक तथा स्वास्थ्य कर्मीहरुको सहभागितामा शिविर सम्पन्न भएको  हो ।
वृहत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा अलहोवा मेडिकल मिसिन अमेरिकाबा आउनु भएको टिम लिडरहरु डा. विकास गुप्ता, डा.क्लेम्प क्रिष्टोफर,डा.ब्राल्डी वाङ्ग लगायतका ४१ जना र नेपालका विभिन्न अस्पताल तथा स्थानबाट  १३ जना गरी ५४ जनाको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीबाट बिरामीहरुको पितको पत्थरी, पाठेघर, हर्निया, हाइडोशिल, पायन्स, थाईराड , गाँठा गुठीको शल्यक्रिया र दातको उपचार गरिएको थियो ।

धनकुटा अस्पतालमा १२ दिन सम्म संचालन भैरहेको वृहत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर २२ सय ४९ जनाले नाम दर्ता गरेकोमा १७ सय ७३ जनाको उपचार भएकोमा ९ सय २३ जनाको  जटिल शल्यक्रिया गरिएको थियो । त्यसमा पनि १ सय ४७ जनाको माईनर सल्यक्रिया, २ सय ७ जनाको पायल्सको शल्यक्रिया, २ सय ७९ जनाको दाँतको उपचार, ५६६ जनाको अन्य उपचार भएको र ५ जनालाई क्रितिम हात जडान गरेको शिविर संचालन सचिवालय समितिका सदस्य तथा सूचना अधिकारी विजय सन्तोषी राईले जानकारी दिए ।
वृहत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको सम्मान कार्यक्रममा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ,पूर्व मन्त्री सुनिल वहादुर थापा,प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल,सल्भ नेपालका अध्यक्ष राजेन्द्र वहाुदर प्रधान र धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले सो शिविर गरिव असाहय र पहुच विहिनहरुका लागी वरदान सावित भएकोले आगामी बर्षहरुका पनि धनकुटामा नै संचालन गर्नु पर्नेमा जोड दिए ।

वृहत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठ,  संविधान सभाका सदस्य मनोहर नारायण श्रेष्ठ, पूर्व मन्त्री तथा राष्टपतीका सल्लाहकार सुनिल वहादुर थापा, संविधान सभा सदस्य लिला सुब्बा, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रयम पौडेल, प्रदेश सभाका पूर्व सदस्य कुसुम कुमारी श्रेष्ठ, सल्भ नेपालका अध्यक्ष राजेन्द्र वहादुर प्रधान ,भीमदल गणका कर्णेल सुमन थापा, सशस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्मका डि एस पी सुदन भारती ,जिल्ला प्रहरी कार्यालय धनकुटाका डि एस पी राज महर्जन,सल्भ नेपालका अध्यक्ष राजेन्द्र वहादुर प्रधान,धनकुटा अस्पतालका प्रमुख डां अमिताप ठाकुर ,पूर्व डि आई जी दिनेश अमात्य लगायतले अलहोवा मेडिकल मिसन हवाई अमेरिकाबाट आउनु भएका टिम लिडरहरु डा. विकास गुप्ता, डा. क्लेम्प क्रिष्टोफर,डा.ब्राल्डी वाङ्ग लगायतका ५४ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई प्रशंसा पत्र र मायाको चिनो र किताव प्रदान गरेका थिए ।