२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

बेलबारी साना शहरी खानेपानीमा चुनावी रोनक, को को छन् उम्मेदवार ?

Author Uttari Morang
शुक्रबार, आश्विन १९, २०८०
बेलबारी साना शहरी खानेपानीमा चुनावी रोनक, को को छन् उम्मेदवार ?

असोज २७ गते हुन गइरहेको बेलबारी सान शहरी खानेपानीको समितिको लागि चुनावी रोनक छाएको छ ।
नेकपा एमाले, माओवादी र समाजबादी ३ पार्टीले गठबन्धन गरी दुर्गा गौतमलाई अध्यक्षको उम्मेदवार बनाएर चुनाबमा होमिएका छन् ।दुर्गा गौतम नेतृत्वको एमाले, माओवादी र समाजवादी गठबन्धनबाट उपाध्यक्षमा मदन राई, सचिवमा मनकुमार गुरुङ र कोषाध्यक्षमा बिन्दुकला गुरुङ उम्मेदवार बनेका छन् । सो प्यानलबाट सदस्य पदमा समसेर गिरी, सजिना बराइली, लक्ष्मी दुलाल र खड्गकला गिरीले उम्मेदवारी दिएका छन् । सो प्यानलबाट लेखा संयोजकमा जगत बहादुर क्षेत्री र लेखा सदस्यमा सावित्री धिमाल र कोपिला तामाङ उम्मेदवार छन् ।

पार्टीगत भागबन्डा नमिलेपछि नेपाली काङ्ग्रेसले अाफ्नो पार्टीबाट किशोर जंग कार्कीलाई अध्यक्ष बनाएर चुनावी मैदानमा आएको छ ।

बेलबारी साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको लागि किशोर कुमार कार्की को समुहमा   प्रगती मोक्तान उपाध्यक्ष, सपना काफ्ले सचिव, रिक्त बहादुर गुरुङ कोषाध्यक्षको उम्मेदवार छन् । खुल्ला सदस्यहरुमा चन्द्र जंग बस्नेत, पुष्कल सुवेदी (सियोम) र राजेश शाह उम्मेदवार छन् । महिला सदस्यहरुमा जानुका विश्वकर्मा र विष्णु दाहाल उम्मेदवार छन् । लेखा समिति संयोजकमा दिपेन्द्र लामिछाने र लेखा समितिको महिला सदस्यमा नेत्रकुमारी ढकाल (सिता) र खुल्ला सदस्यमा जीवन बस्नेत उम्मेदवार बनेका छन् ।

यसैबीच बेलबारी खानेपानीको निर्बालक्ष्मी चनका प्रतापसिंह राणा, लागि उम्मेदवारी दर्ता गराएका ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता गर्नेमा राप्रपाबाट अध्यक्ष पदका उम्मेदवार भोला गौतमसहित उपाध्यक्ष पदका उम्मेदवार सुष्मा कोईराला, कोषाध्यक्ष पदका उम्मेदवार कुल बहादुर सन्यासी, खुल्ला सदस्यहरु कुल बहादुर थापा, इन्द्र बहादुर सुवेदी, महिला सदस्य दिलु तामाङ,लेखा संयोजक राज कुमार सुवेदी र लेखा समिति सदस्य सितादेवी विश्वकर्मा छन् ।