२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बेलबारी गोल्डकप : राजारानीलाइ जित्दै बिग्रेड ब्वाईज सेमिफाईनलमा

Author Uttari Morang
मंगलबार, आश्विन ३०, २०८०
बेलबारी गोल्डकप : राजारानीलाइ जित्दै बिग्रेड ब्वाईज सेमिफाईनलमा

बेलबारी गोल्डकपको तेस्रो खेलमा राजारानीलाइ  जित्दै बिग्रेड ब्वाईज सेमिफाईनलम

 मोरङको बेलबारीमा जारी बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपमा मंगलबार भएको तेस्रो खेलमा रारा फुटबल क्लब राजारानी धनकुटालाई सडनडेथमा ५–४ गोलले हराउँदै बिग्रेड ब्वाइज क्लब काठमाडौं  अन्तिम चारमा प्रवेश गरेको छ ।

निर्धरित समयमा गोलरहित बराबरी भएपछि पेनाल्टीमा गएको थियो । पेनाल्टीमा दुबै टिमबाट ४÷४ गोल भएपछि बिग्रेडका कुशल देउवाको पाँचौ गोल निर्णायक भएको थियो ।

त्यसैगरी धनकुटाका नवयुग श्रेष्ठ, विवेश पौडेल, अभिशेक लिम्बू र देवेन्द्र तामाङको प्रहार गोलमा परिणत हुँदा अशोक खवासको प्रहार ब्रिगेडका गोलकिपर विशालले बचाउ गरेका थिए ।

निर्धारित समयको ७१ मिनेटमा धनकुटाले पाएको पेनाल्टी प्रहारको अवसरमा नवयुग श्रेष्ठ गोल गर्न चुक्दा टिमको अभाग देखिएको थियो । श्रेष्ठको प्रहार पोस्टको बारमा लागेर बल मैदान फकिएको थियो । त्यसअघि खेलको ८औं मिनेटमा ब्रिगेडका रोशन रानाले वान भर्सेस वानमा गोल गर्न नसक्दा टिम अग्रता लिनवाट चुकेको थियो ।।

प्रतियोगितामा म्यान अफ द म्याच बिग्रडका गोलकिपर बिशाल सुनार घोषित भए ।

 बिग्रेड ब्वाईज बिजयी भएसँगै  सेमिफाईनलमा पुगेको छ । यसअघि आयोजक डाँगीहाट युथ क्लब,सलहेस युवा क्लब सिराह सेमिफाईनल पुगिसकेका छन । बेलबारी ११ स्थित लक्ष्मी मावि खेलमैदानमा जारी प्रतियोगितामा नेपाल र भारतका गरि ८ टिमको सहभागिता रहेको छ ।

भोलि बुधबारको खेल बिर्तामोड युथ क्लब झापा र लिग च्याम्पियन चर्च ब्वाईज क्लब काठमाण्डौ बिच हुने छ ।

प्रतियोगिता बिजेताले ८ लाख नगद,ट्रफि र प्रमाणपत्र,उपबिजेताले ५ लाख नगद,ट्रफी र प्रमाणपत्र पाउनेछन । प्रतियोगिताको खाईनल खेल कार्तिक ४ गते हुने प्रतियोगिताका प्रबत्ता र सञ्चार संयोजक नरेन्द्र बस्नेतले जानकारी दिएका छन ।