२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

विश्वकपमा छनौट भएमा नेपाली क्रिकेट टोलीलाई नोबेल अस्पतालले १५ लाख दिने

Author Uttari Morang
बिहिबार, कार्तिक १६, २०८०
विश्वकपमा छनौट भएमा नेपाली क्रिकेट टोलीलाई नोबेल अस्पतालले १५ लाख दिने

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आईसीसी टी–२० विश्वकपमा छनौट भएमा नेपाली क्रिकेट टोलीलाई १५ लाख पुरस्कार दिने भएको छ ।
सांसद डा.सुनिल शर्माले सञ्चालन गरेको नोबेल अस्पतालले नेपाली क्रिकेट टोलीलाई प्रोत्साहन गर्न बुधबार पुरस्कार घोषणा गरेको हो ।

विश्वकपमा छनोट हुन सफल भएमा नेपाली टोलीलाई १५ लाख र छनोटको फाइनल खेल जितेमा थप ५ लाख पुरस्कार प्रदान गरिने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए । ‘नेपाली क्रिकेट टोलीले देशको गौरव बढाउँने गरी ऐतिहासिक सफलता हासिल गर्दै आएको छ,’ डा.शर्माले भने, ‘खेलाडीहरूलाई थप प्रोत्साहन गर्नका लागि पुरस्कार घोषणा गरेका हौं ।’

पुरस्कार घोषणा गरिएको जानकारीसहितको पत्र वुधवार नोबेलका प्रमुख कार्यकारी अधिकारी डा.भोगेन्द्रप्रसाद उपाध्यायले नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलाई हस्तान्तरण गरेका छन् । काठमाडौंमा जारी आईसीसी टी–२० विश्वकप छनोटमा सिंगापुर र मलेसियाविरुद्ध लगातार जित निकाल्दै एक खेल अगावै नेपाल सेमिफाइनल पुगिसकेको छ ।

नेपालले बिहीबार ओमनको सामना गर्नेछ । सेमिफाइनल पुगेको नेपाली क्रिकेट टोलीले फाइनल प्रवेश गरेमा आगामी वर्ष अमेरिका र क्यानडामा हुने टी–२० विश्वकप क्रिकेट खेल्न अवसर पाउनेछ ।