२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

जारकोट र रुकुम पश्चिमका भूकम्प पिडितहरुका लागि धनकुटामा राहत संकलन गरिँदै

Author Uttari Morang
मंगलबार, कार्तिक २१, २०८०
जारकोट र रुकुम पश्चिमका भूकम्प पिडितहरुका लागि धनकुटामा राहत संकलन गरिँदै

धनकुटा उद्योग बाणिज्य संघको अगुवाईमा धनकुटामा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुका लागि राहत संकलन शुरु गरिएको छ ।

धनकुटा वितरक संघ र धनकुटा होटल एशोसिएसनको सहभागीतामा हिले बजार सोमबार जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितहरुलाई राहत संकलन गरिएको हो ।

हिले बजारमा बजार बासीहरु र व्यापारीहरुसंग राहत संकलन गरिएकोमा सोमबार जम्मा ६२ हजार १ सय ५ रुपैया रकम संकलन गरिएको धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा तमाङले वताउनु भयो ।
राहत संकलन कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा तामाङ, वरिष्ट उपाध्यक्ष मन कुमारी(तारा) तितुङ ,उपाध्यक्ष तथा धनकुटा होटल एशोसिएनका अध्यक्ष खगेन्द्र विष्ट, धनकुटा उद्योग वाणिज्य संघका कावा महासचिव राम वहादुर रायमाझी, धनकुटा वितरक संघका अध्यक्ष विक्रम प्रधान, महासचिव विपिन थापा, सचिव गोविन्द दाहाल र सदस्य गणेश पौडेल लगायतको सहभागिता थियो ।

त्यसैगरी धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य दिजेश शाक्य, राम घिसिङ ,नगेन्द्र काफ्ले, होटल एशोसिएसन हिलेका अध्यक्ष यादव घिसिङ, सहायक कार्यालय सचिव नवराज श्रेष्ठ सहितको टोलीले बजारमा राहत संकलन अभियानमा सहभागी भई राहत संकलन भएको थियो ।

धनकुटा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ समेत केही समय राहत संकलन गर्न सहभागी हुनुभएको थियो ।

धनकुटा उद्योग बाणिज्य संघको आयोजनमा धनकुटा वितरक संघ र धनकुटा होटल एशोसिएसनको सहभागीतामामा धनकुटा बजारमा मंगलबार (कार्तिक  २१ गते) पनि राहत संकलन गर्ने कार्यक्रम रहेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।