२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

धनकुटा र हिलेबाट भूकम्प पिडितहरुको राहतका लागि १ लाख ४२ हजार संकलन

Author Uttari Morang
बुधबार, कार्तिक २२, २०८०
धनकुटा र हिलेबाट भूकम्प पिडितहरुको राहतका लागि १ लाख ४२ हजार संकलन

धनकुटा उद्योग बाणिज्य संघको आयोजनमा तथा वितरक संघ र धनकुटा होटल एशोसिएसन समेतको सहभागितामा जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितहरुको लागि धनकुटा र हिले बजारबाट १ लाख ४२ हजार १ सय ४० रुपैष राहत रकम संकलन गरिएको छ ।

सोमबार हिले र मंगलबार धनकुटा बजारमा समेत गरि सो रकम संकलन भएको हो । सोमबार हिले बजारमा ६२ हजार १ सय ५ रुपैया रकम संकलन  भएको थियो भने मंगलबार धनकुटा  बजारमा ८० हजार ३५ रुपैया राहत संकलन भएको छ ।

धनकुटा र हिले बजारमा भूकम्प पीडितहरुका लागि संकलन गरिएको रकमको जानकारी दिन पत्रकार सम्मेलन गरी राहत रकम पठाईने धनकुटा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङले वताइन् ।

संविधान सभा सदस्य लिला सुब्बा, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ट उपाध्यक्ष मन कुमारी (तारा) तितुङ्, उपाध्यक्ष तथा धनकुटा होटल एशोसिएनका अध्यक्ष खगेन्द्र विष्ट, धनकुटा उद्योग वाणिज्य संघका उपाध्यक्ष निर्मला राई, कावा महासचिव राम वहादुर रायमाझी, घरेलु तथा साना उद्योग महासंघ धनकुटाका वरिष्ट उपाध्यक्ष विष्णु माया कन्दङ्वा , नेपाली कांग्रेसका महासमिति सदस्य सिता श्रेष्ठ, धनकुटा होटल एशोसिएनका वरिष्ट उपाध्यक्ष भूषण श्रेष्ठ, उपाध्यक्ष डम्वर काफ्ले, धनकुटा नगर अध्यक्ष ज्ञानेन्द्र वस्नेत, धनकुटा नगर कार्यपालिका सदस्यहरु कृष्णमाया श्रेष्ठ, दिल कुमार राई, लेखा समिति संयोजक गोविन्द्र राई, धनकुटा नगरपालिका वडा नं. ५ का वडा सदस्य दुर्गा शिवा, धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्यहरु सुनिता थापा, अम्विका धमला, व्यावसायीहरु निरुपा राई, जानुका सुन्दास, कला राई, सरस्वती लिम्बु, बाल कृष्णराज भण्डारी, मैया पौडेल,समाजसेवीहरु राधा बजगाई, कमला पाण्डे,सर्मिला वस्नेत, धनकुटा उद्योग बाणिज्य संघका साहयक कार्यालय सचिव रिया भूजेल लगायतको सहभागितामा धनकुटा बजारमा भूकम्प पीडितहरुका लागी राहत संकलन भएको हो ।