२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

जाँतेले जित्यो फाइवामा भएको खुल्ला वडास्तरीय महिला भलिबलको उपाधि 

Author Uttari Morang
आइतबार, मंसिर ०३, २०८०
जाँतेले जित्यो फाइवामा भएको खुल्ला वडास्तरीय महिला भलिबलको उपाधि 

मोरङको केराबारी गाउँपालिका २ फाइबा स्थित द्वितीय मेला बजार तथा खेलकुद ब्यबस्थापन समिति को आयोजनामा भएको खुल्ला वडास्तरीय महिला भलिबलको उपाधि जाँतेले जितेको छ ।

लेटाङ नगरपालिका ९ स्थित जाँते महिला भलिबल टीम र लेटाङ १ को साग्मा महिला भलिबल टीमबिच आइतबार भएको फाइनल भलिबल खेलमा साग्मालाई २-० को को सोझो सेटमा पराजित गर्दै जाँतेले उपाधी उचालेको हो । पहिलो खेलमा  १७ – २५ को नतिजा जिकालेको जाँतेलाइ दोस्रो खेलमा साग्माले खेल प्रतिस्पर्धात्मक बनाएपनि जाँतेले  २५  – २३  को नतिजा निकाल्दा तेस्रो खेल खेल्नै परेन । उपाधिसँगै जाँतेले शिल्ड र प्रमाणपत्रसहित नगद १० हजार पाएको छ भने साग्माले ५ हजारमा चित्त बुझाउनुपरेको छ ।

जवान युवतीहरुको बाहुल्यता रहेका दुवै टीमको प्रदर्शन रोचक र हेर्न लायक भए पनि जाँते को अगाडि साग्मा निरीह साबित भयो । पाँच-छ घण्टाको पैदल हिँडेर खेलस्थल फाइबा पुगेको जाँतेका युवतीहरुको टीम र साग्मा को फाइनल खेल हेर्न करिब डेढ दुइ सय दर्शक उपस्थित थिए ।

प्रतियोगितामा आयोजक दुई टीम र साग्मा र जाँते गरी ४ टीम सहभागी रहेको द्वितीय मेला बजार तथा खेलकुद ब्यबस्थापन समितिका अध्यक्ष तथा खेलकुद बिकास समिति केराबारी २ का अध्यक्ष देवीलाल लिम्बूले जानकारी दिए । महिला भलिबलका बिजेता र उपबिजेतालाई आइतबार नै केराबारी २ का वडाध्यक्ष प्रेम लिम्बुले पुरस्कार बितरण गरेका छन् ।

कार्तिक ३० गतेदेखि फाइबामा महिला तथा पुरुष भलिबल प्रतियोगितासँगै हरेक बर्ष लाग्ने ऐतिहासिक द्वितिया मेला पनि लागिरहेको छ ।

त्यसैगरी आइतबार भएको पुरुष भलिबल प्रतियोगिताको क्वाटर फाइनल खेलमा बेलबारी ८ राधानगर र लेटाङ ७ वाराङ्गी सेमिफाइनलमा पुगेका छन्  । लेटाङ ७ फुर्केटारलाई २-० को सोझो सेटमा पराजित गर्दै बेलबारी ८ राधानगर र चौबिसे स्पोर्टिङ, चौबिसे २ लाई २-० कै नतिजामा पराजित गर्दै  लेटाङ ७ वाराङ्गी सेमिफाइनलमा पुगेका हुन् । यसअघि आयोजक टीम सेमिफाइनलमा पुगिसकेको छ भने सोमबार डाँडाबजार र समेवाबिच हुने अन्तिम क्वाटरफाइनल खेलको बिजेता सेमिफाइनलमा पुग्नेछ ।

जारी खुल्ला वडास्तरीय  पुरुष भलिबल प्रतियोगितामा मोरङ र धनकुटाका कुल २० वटा भलिबल टीम सहभागी थिए ।  सो प्रतियोगिताका सेमिफाइनल र फाइनल खेल सोमबार हुने आयोजकले जनाएका छन् ।