२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

१६ देशलाइ उछिनेर अन्तर्राष्ट्रिय उपाधि जित्दै सलकपुरकी दिपाले राखिन् विश्व रेकर्ड

Author Uttari Morang
मंगलबार, पुष १०, २०८०
१६ देशलाइ उछिनेर अन्तर्राष्ट्रिय उपाधि जित्दै सलकपुरकी दिपाले राखिन् विश्व रेकर्ड

मोरङ सुन्दरहरैँचा नगरपालिका स्थित सलकपुरकी दिपा विष्टले १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ उपाधी जितेकी छिन् ।

भारतकाे हैदरावाद स्थित लालबहादुर शास्त्री रंगशालामा आयोजित च्याम्पियनसिपमा दिपाले युरोप, अमेरिका र एसियाका १६  देशका महिला प्रतिष्पर्धीहरूलाई पछि पार्दै उक्त टाइटल जितेकी हुन्  ।

उनले महिलातर्फ ९० केजी तौल उठाएर उपाधी जितिन् । अहिलेसम्म कुनै पनि देशका प्रतिष्पर्धीले उचाल्न नसकेको तौल उचाल्दै दिपाले बिश्व रेकर्ड नै राखेकी छिन् ।  उनले च्याम्पियनसिपका ठुला तीन वटा तौल समूहका सबै प्रतिष्पर्धामा आफ्ना अघिल्ला रेकर्डहरू समेत तोड्न सफल भएकी छिन् ।

दीपाले २०७९ भदौ २० मा किर्गिस्तानमा सम्पन्न भएको अन्तर्राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आईबीपी) च्याम्पियनमा पनि आईबीपीतर्फ सिनियर समूह अन्तर्गत ७२ केजी उचालेर स्वर्ण पदक तथा स्ट्रेन्थलिफ्टिङमा रजत पदक जितेकी थिइन् । दिपाका अनुसार आइबीपीमा अहिलेसम्म ७२ दशमलव ५ केजीभन्दा माथिको  अन्तर्राष्ट्रिय रेकर्ड थिएन । दिपाले रूजेश शाहीले संचालन गरेको काठमाडाैंस्थित डिभाइन फिटनेश कालिमाटीबाट प्रशिक्षण लिँदै आएकी छिन् ।