२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

धनकुटाका प्रमुख प्रशासकीय अधिकृत राईसहित चार कर्मचारी सम्मानित

Author Uttari Morang
शुक्रबार, पुष २७, २०८०
धनकुटाका प्रमुख प्रशासकीय अधिकृत राईसहित चार कर्मचारी सम्मानित

धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईसहित चार कर्मचारी सम्मानित भएका छन् ।

साकेला उधौलीको अवसर पारेर किरात राई यायोक्खाले राई समुदायका अधिकृत तहका कर्मचारीहरूलाई सम्मान गरेको हो ।

धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई, प्रदेश लेखा इकाई प्रमुख निशान राई, धनकुटा अस्पतालका डा.मणिकला राई र डा.समिर राईलाई सम्मान गरिएको हो । कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र किरात राई यायोक्खाका अध्यक्ष उद्धवमणी राईले फेटा गुथेर प्रमाण पत्र प्रदान गरी उनीहरूलाई सम्मानित गरे । किरात राई समुदायमा हुर्किएर राष्ट्रसेवक निजामती कर्मचारीको अधिकृत तहमा पुगी जनताको सेवामा सक्रिय भूमिका निर्वाह गरेर आफ्नो समुदायको शिर उच्च बनाएकाले उनीहरूलाई सम्मान गरिएको किरात राई यायोक्खाले जनाएको छ ।

सम्मानित भएपछि बोल्दै धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राईले मातृसंस्थाले सम्झिएर सम्मान गरेकोमा खुशी व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका धनकुटा नगर प्रमुख तामाङलाई पनि आयोजक संस्थाको तर्फबाट फेटा गुथेर सम्मान गरिएको थियो ।