२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

विभिन्न कार्यक्रम गरी केराबारीमा पनि मनाइयो भूकम्प सुरक्षा दिवस

Author Uttari Morang
बुधबार, माघ ०३, २०८०
विभिन्न कार्यक्रम गरी केराबारीमा पनि मनाइयो भूकम्प सुरक्षा दिवस

स्थानीय श्रोत र प्रविधि समेतको प्रयोग गरौं, भुकम्प थेग्ने संरचना बनाऔं भन्ने मुल नाराका साथ केराबारीमा विभिन्न कार्यक्रम गरी २६ औं भूकम्प सुरक्षा दिवस मनाइएको छ ।

केराबारी गाउँपालिकालाई भुकम्प प्रतिरोधी र प्रविधिमैत्री पालिकाको रुपमा चिनाउँदै भुकम्प प्रतिरोधी घर निर्माणका लागि सन्देश दिने उद्देश्यका साथ भुकम्प सुरक्षा दिवस मनाइएको हो । गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरको अध्यक्षता मनमोहन प्राविधिक विश्वविद्यालयका प्राध्यापक डा.डिन प्रचण्डमान प्रधानको प्रमुख आतिथ्यता र केराबारीका विभिन्न संघ संस्था र स्थानीय बासिन्दाहरुको सहभागितामा कार्यक्रम गरिएको हो ।

भुकम्प सम्बन्धि सचेतना मुलक र्यालीसहित शुरु भएको कार्यक्रममा बिज्ञहरुले भुकम्प र त्यसबाट बच्ने उपाय, भुकम्प प्रतिरोधात्मक संरचना निर्माण एवम् घर तथा भवन निर्माण गर्नुअघि नक्सा पासको महत्त्व लगायतका बिषयमा सचेतनामुलक प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा पालिका उपाध्यक्ष मनमाया मगर, प्रमुख प्रसाशकीय अधिकृत, मच्छिन्द्र मावि, फेवा सेकेण्डरी बोर्डिङ स्कुल र केयु एकेडेमी लगायत शैक्षिक संस्थाका शिक्षक तथा विद्यार्थीहरु, जनप्रतिनीधि , स्थानीय सहकारी लगायत संघसंस्थाका प्रतिनीधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पालिकाका कर्मचारी, सुरक्षाकर्मी लगायत करिब ३ सयभन्दा बढी सहभागी थिए ।