मोरङ सुनसरी सेवा समाज नेपालको १२ औं साधारणसभा सम्पन्न, नयाँ समिति गठन
Uttari Morang
मोरङ सुनसरी सेवा समाज नेपालको १२ औं साधारणसभाले टेकनाथ बरालको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति गठन गरेको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्रको खोर्सनेभन्दा पुर्वपटी आफ्नै जग्गा अर्थात भवन निर्माण स्थलमा संस्थाले वनभोज सहित १२ औं साधारणसभा गरेको हो ।
साधारणसभाले दोस्रो कार्यकालका लागि पुन: टेकनाथ बराललाई नै अध्यक्ष चयन गरेको छ । नवगठित समितिमा चिरञ्जीवी तिम्सिना र पुष्पा कार्की उपाध्यक्ष, भिम घिमिरे महासचिव, सन्तोष दाहाल सचिव, सुर्य थापा कोषाध्यक्ष र लिलाधर बास्तोला सह- कोषाध्यक्ष चयन हुनुभएको छ । साधारणसभाले मिसन कार्की, योगनारायण सिग्दार, इन्दिरा कार्की (दाहाल), राजु परियार, रेवती भट्टराई, सुजु थापा, सरिता केसी र भोला बस्नेतलाई सदस्यमा चयन गरेको छ ।
कोशी प्रदेशका सभाषद रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यता तथा केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ मगर, सुन्दरहरेंचा नगरपालिकाका पुर्व मेयर शिवप्रसाद ढकाल र गायक कृष्णभक्त राईको विशेष आतिथ्यता र देवीझोडा सामुदायिक वनका अध्यक्ष गोविन्द बस्नेत लगायतको आतिथ्यता थियो ।
साधारणसभाको कार्यक्रममा गायक कृष्णभक्त राई, गोविन्द बस्नेत लगायतले सांगीतिक प्रस्तुति दिएका थिए भने साधारणसभामा उपस्थित सहभागीहरुले नृत्य प्रस्तुत गरेका थिए ।
साधारणसभामा अध्यक्ष टेकनाथ वरालले अध्यक्षको प्रतिवेदन र ललित बहादुर निरौलाले महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सन २००१ मा कतारमा स्थपित मोरङ सुनसरी सेवा समाज २०६८ सालमा मोरङ सुनसरी सेवा समाज नेपाल नामबाट बिधिवत दर्ता भएको थियो । हाल विभिन्न ८ मुलुकमा शाखा बिस्तार गरेको संस्थाले रक्तदान, स्वास्थ्य शिविर, आँखा शिविर तथा दैवी प्रकोप लगायत विभिन्न सामाजिक सेवाको क्षेत्रमा सक्रिय सहभागिता र सहयोग गर्दै आएको छ । संस्थाले बिगत केही बर्षयता एम्बुलेन्स समेत संचालन गर्दै आएको छ ।




