गीत/साहित्य
बेलबारी साहित्य विकास समितिको छैटौँ साधारण सभा सम्पन्न, नयाँ समिति गठन
Uttari Morang
शनिबार, माघ २७, २०८०
बेलबारी साहित्य विकास समिति, बेलबारी, मोरङको छैटौँ साधारण सभाले रमेश कुमार निरौलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नवगठित समितिको उपाध्यक्षद्वयमा लक्ष्मी रेग्मी सुवेदी र गोविन्दराज चोङवाङ, सचिवमा उमा सिजापती, सहसचिवमा विमला सुवेदी तिम्सिना, कोषाध्यक्षमा शिव पराजुली सहयात्री र सहकोषाध्यक्षमा राजु परियार निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरूमा विष्णु भण्डारी, रिपुमर्दन खड्का, सन्देश तामाङ, राजकुमार राई, मुना मिश्रा, लीला सुवेदी, कृतिका खतिवडा र तारा चम्लागाईँ चयन भएका छन् ।
लेखा समितिमा तीर्थराज सिग्देल संयोजक तथा छाङ्छा राई र शारदा दाहाल चयन भएका छन् । साधारणसभामा ८ जनालाई आजीवन सदस्यता प्रदान गरिएको थियो ।



