२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गीत/साहित्य

चार दर्जन कविको कविता सङ्ग्रह ‘निहारिका’ सहित तिनवटा कृतिहरु सार्वजनिक

Author Uttari Morang
शनिबार, माघ २७, २०८०
चार दर्जन कविको कविता सङ्ग्रह ‘निहारिका’ सहित तिनवटा कृतिहरु सार्वजनिक

बेलबारीका ४७ जनाको संयुक्त कवितासङ्ग्रह ‘निहारिका’, तिला लेकालीको कवितासङ्ग्रह ‘खुर्पे जून’ र धनजित पराजुलीको कवितासङ्ग्रह ‘कोभिड नाइन्टिन’ को संयुक्त रूपमा लोकार्पण भएको छ ।

बेलबारी साहित्य विकास समिति, बेलबारी, मोरङको छैटौँ साधारण सभामा ती कृतिहरु लोकार्पण भएका हुन् । पूर्व सांसद तथा साहित्यकार हर्कमान तामाङले २७ गते शनिबार आयोजित एक कार्यक्रम माझ तीनओटै कृतिको लोकार्पण गरेका छन् ।

संयुक्त कवितासङ्ग्रह ‘निहारिका’ मा बेलबारीका ४७ जना कविहरुका कविता, तिला लेकालीको कवितासङ्ग्रह ‘खुर्पे जून’ मा उहाँकै छोटा किसिमका ६९ कविता र धनजित पराजुलीको कवितासङ्ग्रह ‘कोभिड नाइन्टिन’ मा उहाँका ५१ ओटा कविताहरु छन् ।
कार्यक्रममा कविता सङ्ग्रह ‘खुर्पे जून’ को टिप्पणी प्रा.डा. रमेश घिमिरे, ‘निहारिका’ को टिप्पणी ईरान राई तथा पराजुलीको कवितासङ्ग्रह ‘कोभिड नाइन्टिन’ को टिप्पणी उमानाथ भट्टराईले गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरू मधु गुरुङ, भूपेन्द्र कोइराला, गणेशप्रसाद दाहाल, जेबी थुलुङ, परशुराम सुवेदी, शङ्कर गुरुङ, सञ्जीव धिमाल, सुन्दर भट्ट, प्रेम गुरुङ लगायतको आतिथ्यता थियो । कार्यक्रम बेलबारी साहित्य बिकास समिति अध्यक्ष तिला लेकालीको अध्यक्षता तथा सचिव धनजित पराजुलीको सञ्चालनमा भएको थियो ।
कार्यक्रममा साहित्यकारहरू मधु गुरुङ, भूपेन्द्र कोइराला, गणेशप्रसाद दाहाल, जेबी थुलुङ, परशुराम सुवेदी, शङ्कर गुरुङ, सञ्जीव धिमाल, सुन्दर भट्ट, प्रेम गुरुङको आतिथ्य रहेको थियो । कार्यक्रम अध्यक्ष तिला लेकालीको अध्यक्षता तथा सचिव धनजित पराजुलीको सञ्चालनमा भएको थियो ।