२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

सिद्वार्थ स्कुलले विभिन्न कार्यक्रम गरी मनायो २९ औं बार्षिकोत्सव

Author Uttari Morang
आइतबार, माघ २८, २०८०
सिद्वार्थ स्कुलले विभिन्न कार्यक्रम गरी मनायो २९ औं बार्षिकोत्सव

माेरङ सुन्दरहरैँचा १० मा रहेको सिद्वार्थ सेकेन्डरी स्कुलले २९ औं बार्षिकोत्सवको अबसर पारेर विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
स्कुलले यसै हप्ता तीन दिनसम्म विभिन्न कार्यक्रम गरी ‘क्लास अनुअन डे सेलिब्रेसन’ कार्यक्रम सम्पन्न गरेको छ । बर्षकै ठुलो कार्यक्रम भनिएको क्लास अनुअन डे सेलिब्रेसन’ अन्तरगत, नृत्य, गायन,बकृत्वकला, रचना बाचन तेक्वान्दो, प्रोजेक्ट वर्क र प्रदर्शनी जस्ता कक्षागत गतिविधि तथा पुरस्कार बितरण कार्यक्रम भएका थिए । क्लास अनुअन डे सेलिब्रेसन’ कै प्रमुख आकर्षण भनेको बैंक चेक मार्फत छात्रवृत्ति बितरण कार्यक्रम रहेको थियो । कक्षा १ देखि १२ सम्म सबै परिक्षामा उत्कृष्ट तीन विद्यार्थीहरुलाइ चेक मार्फत कुल ८ लाख २० हजार नगद छात्रवृत्ति दिइएको विद्यालयका भाइस प्रिन्सिपल जे. बी. थुलुङले बताए ।
स्कुलले दुई हप्ताअघि`विद्यार्थीसँग अभिभावक´कार्यक्रम अन्तर्गत फुटबल, भलिबल, म्याराथन आदि प्रतियाेगिता संचालन गरेको थियो ।
स्कुलकाे २९ औं अभिभावक दिवसकाे अवसरमा विद्यार्थीसँग अभिभावक कार्यक्रम अन्तर्गत म्याराथुन दाैड, भलिबल , फुटबल ,नृत्य ( मम्मि डान्स ) गायन तथा चित्रकलाकाे कार्यक्रम राखिएको विद्यालयका सहायक प्रिन्सिपल जे.वी थुलुङले जानकारी दिए ।
भलिबल प्रतियाेगितामा महिला र पुरूष गरि ४ टिमकाे सहभागिता रहेको थियाे ।