२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

पथरी उद्योग वाणिज्य संघमा दीपक बस्नेत नेतृत्वको टीम निर्वाचित

Author Uttari Morang
सोमबार, फाल्गुण ०७, २०८०
पथरी उद्योग वाणिज्य संघमा दीपक बस्नेत नेतृत्वको टीम निर्वाचित

पथरी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक बस्नेत निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न निर्वाचनबाट अध्यक्षकी प्रत्यासी स्वतन्त्र उम्मेदवार  देबी राई (नाना) लाई ३ सय ७२ मतान्तरले पराजित गर्दै बस्नेत बिजयी भएका हुन् । बस्नेत ५ सय ४ मत ल्याएर बिजयी बन्दा निकटतम प्रतिद्वन्द्वी राइले १ सय ३२ मतमात्र ल्याएका थिए । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा लोकनाथ खरेल निर्बिरोध निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षका लागि तीनजना प्रतिस्पर्धीहरु चुनावी मैदानमा होमिएकोमा रवीन्द्रकुमार राई (रविन) ३ सय ७१ मतका साथ बिजयी भएका छन् । अन्य प्रतिस्पर्धीहरु इश्वरी सापकोटाले १ सय ४१ मत र कारण ४१ मत र हरिराज प्याकुरेलले १ सय ८ मत प्राप्त गरे ।

अध्यक्ष र उपाध्यक्ष बाहेक सबै पदमा उम्मेदवारहरु निर्बिरोघ निर्वाचित भएका छन् । पथरी उद्योग वाणिज्य संघको महासचिवमा अशोककुमार राई निर्बिरोध निर्वाचित भएका छन् । त्यस्तै उद्योग सचिवमा प्रेमप्रसाद सुवेदी र वाणिज्य सचिवमा निलम बस्नेत निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा तेजेन्द्रप्रकाश राजभण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित महिला सदस्यहरुमा जुनी थपलिया र प्रेमकुमारी ढकाल (राधा) छन् । खुला सदस्यहरुमा
इन्द्रबहादुर राई (आइ. बी.), तीर्थराज अधिकारी,
भरत भण्डारी र सन्तोष चौधरी छन् ।

त्यसैगरी लेखा समितिमा रोहित वास्तोला संयोजक र निरज दुलाल, तथा प्रकाश डाँगी सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।